‘आन्दोलनकारी’लाई कारवाही गर्छौं : मुख्यमन्त्री शाही

बिहिबार, ०३ साउन २०७५, १८ : २१ नगेन्द्र उपाध्याय

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले डा. गोविन्द केसीको पक्षमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलन गर्ने चिकित्सक, कर्मचारी र विद्यार्थीलाई छानविन गरेर कारवाही गर्ने बताएका छन्। 

बिहीबार डा. केसीलाई लिन जुम्ला गएका मुख्यमन्त्री शाही र आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीलाई केसीका समर्थकहरुले अस्पतालभित्र प्रवेशमा रोक लगाएका थिए। ‘हामी डा. केसीसँग वार्ता र संवाद गरेर काठमाडौं  पठाउने उद्देश्यले गएका थियौं, केही अराजक चिकित्सक, विद्यार्थी र कर्मचारीले गेटभित्र प्रवेश गर्नै दिएनन्’, डा. केसीलाई सुर्खेत विमानस्थलमा ल्याएर आएका मुख्यमन्त्री शाहीले भने, ‘अब अवरोध गर्नेहरुलाई छानविन गरेर कारवाहीको दायरामा ल्याउँछौं।’ उनले डा. केसीका समर्थकमाथि कस्तो कारवाही गर्ने भन्ने विषयमा केही खुलाएनन्। 

उनले सिसीटिभी क्यामराको फुजेट प्रहरी नियन्त्रणमा रहेको भन्दै अनुसन्धानको मुख्य आधार त्यसैलाई बनाइने बताए। ‘अस्पतालभित्र भएका सबै गतिविधि सिसीटिभी क्यामरामा कैद छन्’, उनले भने, ‘त्यसैको आधारमा कारवाही प्रक्रिया अगाडि बढाउँछौं।’ उनले जुम्लामा डा. केसीको जीवन बचाउन नसक्ने अवस्था आएपछि काठमाडौं पठाउन आग्रह गर्न आफूहरु जुम्ला पुगेको बताए। ‘२० दिनदेखि अनशन बस्दा उहाँको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर बनेको थियो, जुम्लामा उहाँलाई बचाउन नसक्ने अवस्था आएपछि हामीले काठमाडौं पठाउन खोजेका हौं’, मुख्यमन्त्री शाहीले भने, ‘वार्ता र संवाद गर्नका लागि डा. केसीलाई भेट्नै नदिने अराजक समूहलाई कारवाही गरेरै छोड्छौं।’

डा. केसीलाई लिन बिहीबार विहान नेपाली सेनाको हेलिकोप्टरमा मुख्यमन्त्री शाही र जुम्लाकै स्थानीयसमेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारी जुम्ला पुगेका थिए। डा. केसीलाई दिउँसो साढे चार बजे नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत विमानस्थलमा ल्याइएको थियो। सुर्खेतबाट पौने पाँच बजे केसीलाई काठमाडौं लगिएको छ।




यसमा तपाईको मत

अन्य समाचार

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

नेपाली बजारमा उपलब्ध भएका र लगभग ३० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad