८ वैशाख २०८१ शनिबार
समाज

छात्राहरु एक्कासी बेहोस हुन थालेपछि अविभाबक चिन्तित

छात्रा एक्कासी बेहोस भएपछि उपचार गर्न स्थानीय मेडिकल लगिँदै। तस्विर : नागरिक

गोरखा - गोरखाको भिमसेन थापा गाउँपालिका ८ जागेश्वर माध्यामीक विद्यालयमा छात्राहरु एक्कासी बेहोस हुन थालेपछि शिक्षक र अविभाबक चिन्तित भएका छन् । केही दिन देखि छात्राहरु बेहोस हुने, स्वास्स फेर्न गाह्राे भयो भन्दै चिच्याउने, गरेको वडा अध्यक्ष एवं विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बासु थापाले बताए।

बिहीवार विद्यालय समयमै कक्षा १० मा पढ्ने अनिता बस्नेत बेहोस भएपछि स्थानीय मेडिकलमा उपचार गराइएको उनले बताए । बुधवार कक्षा ८ कि सामना भट्ट, १० का सगुन पन्त समेत बिरामी परेका थिए । बिरामी हुने छात्राहरुमा एकै प्रकृतिको रोग देखापरेको प्रधानाध्यापक यदुनाथ सापकोटाले बताए। ‘केहीदिन देखि छात्राहरुमा यस्तो समस्या देखिएको छ, के रोग हो पत्तो पाएका छैनौँ, केहीलाई ठिक हुन्छ फेरी अरुमा देखिन्छ, हामी पनि अन्यौलमा छौँ ।’ चिच्याउने, कराउने बेहोस हुने क्रम बढेपछि विद्यार्थी, अविभाबक र शिक्षक चिन्तित छन्।

गाउँमा समान्य रोगको उपचार गर्ने निजी मेडिकल मात्रै भएकाले उपचार संभव नभएको र सदरमुकाम ल्याउन घण्टौँ लाग्ने भएपछि समस्या भएको वडा अध्यक्ष थापाले बताए । स्वास्थ्य चौकी पु¥याउन त्यहाँबाट करिब एक घण्टा पैदल हिड्नुपर्छ । निरन्तर वर्षात भएका कारण एम्बुलेन्सले ल्याउन पनि समस्या भएको उनले बताए। 

 

प्रकाशित: ३ श्रावण २०७५ ११:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App