७ वैशाख २०८१ शुक्रबार
राजनीति

माइतीघर मण्डला र जुम्ला घटनामा सरकारबाट ज्यादती भयो : सभापति देउवा

काठमाडाैं- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद् बैठक स्थगन गरिएकामा असन्तोष प्रकट गरेका छन्।

प्रतिनिधिसभाको विहीबारको बैठकमा संघीय संसद् भवन बाहिर सूचना टाँस गरी आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक साउन ११ गते शुक्रबारसम्मका लागि सारिएको छ। 

प्रतिनिधिसभाको बैठक सारिएकामा संसद् परिसर नयाँ बानेश्वरमा प्रतिक्रिया दिँदै सभापति देउवाले माइतीघर मण्डला र जुम्ला घटनामा सरकारले ज्यादती गरेको बताए। 

सभापति देउवाले डा केसीले उठाएका सबै माग र उनको स्वास्थ्य उपचारमा सरकारले ध्यान दिनुपर्ने बताए। यसअघिको सरकारले संसद्मा पेश गरेको चिकित्सा शिक्षा अध्यादेशको हुबहु विधेयक संसदमा ल्याइनुपर्ने उनको माग थियो। रासस

प्रकाशित: ३ श्रावण २०७५ ११:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App