७ वैशाख २०८१ शुक्रबार
राजनीति

डा. केसी ट्विटर ट्रेन्डिङ्मा

काठमाडौं - चिकित्सा शिक्षा विधेयकमा सुधारको माग राख्दै विगत २० दिनदेखी अनसनरत डा. गोविन्द केसीको समर्थनमा यतिखेर सामाजिक संजालहरु तातेका छन् । सामाजिक संजाल फेसबुक तथा ट्विटरमा यतिखेर डा.केसीकाे समर्थन र अाेली सरकारकाे विराेधका अावाजहरु सुनिन थालेका छन् । यसैमध्ये अहिले ट्विटरमा ब्याक अफ मेडिकल एजुकेसन बिल ट्रेन्डिङ्मा आएको छ। यसमा समेटिएका केहि ट्विटहरु :

रामेश कोइराला भन्छन ‘कम्युनिष्टहरु हामीले स्वास्थ्य शिक्षाको व्यापार गर्न पाउनुपर्छ भन्दै  डा केसीलाई लडाउँदैछन्’

'गाउँ गाउँबाट उठ
बस्ती बस्तीबाट उठ
यो देशको मुहार फेर्नलाई उठ'
- रामेशले गाएको यो गीत सुनेर उठेका कम्युनिस्ट आज हामीले स्वास्थ्य शिक्षाको व्यापार गर्न पाउनुपर्छ भन्दै डा. केसीलाई लडाउँदैछन्। लज्जा!#BackOffMedicalEducationBill#SaveDrKC

— रामेश (@RaameshKoirala) July 18, 2018

 

यस्तै सुवास घिमिरे प्रधानमन्त्री ओलीलाई सचेत बनाउदै लेख्छन् ‘प्रम ओली जी, सन् १६७५ मा बेलायतका राजा चार्ल्स द्वितीयले लण्डनमा कफी पसलहरु बन्द गर्न आदेश दिए! त्यो आदेशको ठूलो विरोध भयो र निर्णय उल्ट्यो र झन्डै राजसंस्था नै सकिएन ! ’

प्रम ओली जी, सन् १६७५ मा बेलायतका राजा चार्ल्स द्वितीयले लण्डनमा कफी पसलहरु बन्द गर्न आदेश दिए! त्यो आदेशको ठूलो विरोध भयो र निर्णय उल्ट्यो र झन्डै राजसंस्था नै सकिएन! #BackOffMedicalEducationBill pic.twitter.com/eWxwDVT84U

— Subhash Ghimire (@subhash580) July 18, 2018

 

यस्तै कृष्ण ढुङ्गाना ओलीको समाजवादमा व्यङ्ग्य गर्दै लेख्छन् ‘एउटा डाक्टर जनस्वास्थ्य व्यवस्थित गर्न मर्न तयार हुने, दुई तिहाई प्राप्त सरकारका प्रधानमन्त्री, मन्त्री माफियालाई स्वास्थ्य सेवा सुम्पेर उपचार गर्न विदेश जाने। हाय समाजवाद! ’

एउटा डाक्टर जनस्वास्थ्य व्यवस्थित गर्न मर्न तयार हुने, दुई तिहाई प्राप्त सरकारका प्रधानमन्त्री, मन्त्री माफियालाई स्वास्थ्य सेवा सुम्पेर उपचार गर्न विदेश जाने। हाय समाजवाद! #BackOffMedicalEducationBill #IamwithDrKc

— Krishna Dhungana (@krishnakirtipur) July 19, 2018


यस्तै ट्विटरमै जुझारु केटी नाम गरिएकी गिता चिमोरीया लेख्छिन ‘सिसावाल गाडीमा गुड्ने र खोकी लाग्ने बित्तिकै विदेश उड्नेहरुले बुझ्दैनन्,जुम्लामा एउटा डाक्टर किन भोकै बसेको छ भन्ने विषय । स्वास्थ क्षेत्रलाई व्यापार होइन,सेवाको क्षेत्र बनाउन हामीले आवाज उठाउनु पर्छ । ’

सिसावाल गाडीमा गुड्ने र खोकी लाग्ने बित्तिकै विदेश उड्नेहरुले बुझ्दैनन्,जुम्लामा एउटा डाक्टर किन भोकै बसेको छ भन्ने विषय । स्वास्थ क्षेत्रलाई व्यापार होइन,सेवाको क्षेत्र बनाउन हामीले आवाज उठाउनु पर्छ । #BackoffMedicalEducationBill

— जुझारु केटी (@GitaChimoriya) July 18, 2018


यस्तै अजित बराल ओली सरकार दुई तिहाईको बल देखाएर चिकित्सा शिक्षा विधेयक संशोधन गर्न लागिपरेको तर डा केसी ३ करोड नेपालीका हितका लागि उक्त संशोधन रोक्न मर्न तयार भएको बताउदै कसलाई समर्थन गर्ने भन्ने बारे सोच्न सम्पुर्णमा आग्रह गर्दछन् । 

केपी सरकार मेडिकल माफियाको हितका लागि दुईतिहाईको बल प्रयोग गरेर चिकित्सा शिक्षा विधेयक संशोधन गर्दैछ । डा केसी ३ करोड नेपालीको हितका लागि उक्त संशोधन रोक्न मर्न पनि तयार छन् । समर्थन कसलाई गर्ने विचार गर्नुहोला । #stopamendingmedicaleducationbill #backoffmedicaleducationbill

— Ajit Baral (@AjitBaral) July 18, 2018

 

प्रकाशित: ३ श्रावण २०७५ १०:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App