coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीको सम्बोधनको पूर्वसन्ध्यामा पाेखरामा प्रदर्शन, नेविसंघका नेता पक्राउ

फाइल तस्बिर

पोखरा– प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनको पूर्वसन्ध्यामा प्रदेशसभा अगाडि प्रदर्शन गर्ने नेपाल विद्यार्थी संघ र नयाँ शक्तिका विद्यार्थी नेतालाई प्रहरीले पक्राउ गरेको छ। 

गण्डकी प्रदेशलाई पहिलोपटक सम्बोधन गर्न आज पोखरा आउँदैछन्। ओली आउनै लाग्दा नेविसंघ र नयाँ शक्तिका विद्यार्थीहरु अनशनरत डा. गोविन्द केसीको माग पुरा हुनुपर्ने, महंगी नियन्त्रण हुनुपर्ने लगायतका माग राखी प्रदेशसभा भवन अगाडि कालो झण्डा लिएर प्रदर्शनमा उत्रिएका थिए। सो क्षेत्रलाई स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको थियो। निषेधित क्षेत्र उल्लंघन गर्दै प्रदर्शनमा उत्रिएका विद्यार्थी नेतालाई प्रहरीले गण्डकी प्रदेशसभा अगाडिबाट नियन्त्रणमा लिएको हो। 

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा नेविसंघका केन्द्रीय सदस्य भानु ढकाल, पीएन क्याम्पस इकाई सभापति दीपक शर्मा वाग्ले, नयाँ शक्तिका गोविन्द नेपाली, समीप केसी, विकास गुरुङ, राज आचार्य लगायत रहेका छन्। 

प्रकाशित: ३ श्रावण २०७५ ०९:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App