coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

गुन्डागर्दी नगर, तोडफोड नगर, बरु म काठमाडौं जान्छुः डा. केसी

डा.गोविन्द केसीको पक्षमा उत्रिएको महिलाको समुह। तस्बिर:नागरिक

जुम्लामा बीस दिनदेखि अनशनरत डा. गोविन्द केसीले गुन्डागर्दी गर्नुपर्दैन, अस्पताल तोडफोड गर्नुपर्दैन बरु म काठमाडौ जान्छु भनेका छन्।

डा. केसी अनशनमा बसेको ठाउँमा सुरक्षाकर्मीले हस्तक्षेप गरेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको वातावरण निकै तनावपूर्ण रहेको छ।

डा. गोविन्द केसीलाई काठमाडौ नपठाउने भन्दै समर्थकले सुरक्षाकर्मीको प्रतिकार गरेका थिए। तर सुरक्षाकर्मीले लाठीचार्ज गरेर बीस जना घाइते बनाएपछि जुम्लाको माहोल तनावपूर्ण रहेको छ।

‘यसरी गुन्डागर्दी गर्नुपर्दैन, अस्पताल तोडफोड गर्नुपर्दैन। यस्तो नरसंहार देख्नुभन्दा बरु म काठमाडौं जान्छु।’ डा. केसीलाई उद्धृत गर्दै उनका सहयोगी डा. विशाल दाहालले भने।

डा. गोविन्द केसीसँग वार्ता नगरी सरकारले आज उनलाई अनशनस्थलबाट उठाउन सेनाको हेलिकोप्टर पठाएको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसनरत डा. गोविन्द केसीले आफ्ना माग पूरा गर्न राज्य अग्रसर भएमा स्वयं अनसन तोड्ने बताएका छन्।

प्रकाशित: ३ श्रावण २०७५ ०७:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App