७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

देशभरका स्वास्थ्य संस्था बन्द, विरामीले पाएनन् उपचार

काठमाडौं–आज देशभरका स्वास्थ्य संस्थामा उपचार सेवा प्रभावित भएको छ । डा. गोविन्द केसीको मागमा सरकारले संवेदनशीलता नदेखाएको भन्दै नेपाल चिकित्सक संघले आजदेखि आकस्मिक वाहेकका सवै सेवा बन्द गर्ने घोषणा गरेको थियो।

सरकारी अस्पतालहरू बन्द हुँदा उपचारका खोजीमा आएका विरामीहरूले उपचार पाउन सकेका छैनन् । राजधानीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताललगायतका अस्पतालमा बहिरंग(ओपिडी) सेवाको लागि टिकट नै काटिएन। यसले हजारौ विरामी सेवा पाउन वञ्चित भएका छन्।

यसैबीच शिक्षण अस्पताल महाराजगञ्जमा नेकपा समर्थक कर्मचारीले प्रशासन कक्ष खुलाउने प्रयास गर्दा तनाव सृजना भएको थियो । सो अस्पतालमा अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

प्रकाशित: ३ श्रावण २०७५ ०७:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App