७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

माफिया डन र अधिनायकवादीको हार हुन्छः डा.गोविन्द केसी (अडियोसहित)

जुम्लामा अनशनरत डा.गोविन्द केसी।

जुम्ला– बीस दिन देखि यहाँस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसनरत डा. गोविन्द केसीले आफ्ना माग पूरा गर्न राज्य अग्रसर भएमा अनसन तोड्ने बताएका छन्।

सरकारले डा.केसीलाई जुम्लाबाट काठमाडौ ल्याउन हेलिकप्टरसहित दुई मन्त्री (कर्णाली प्रदेशका मुख्यमन्त्रीसमेत)लाई जुम्ला पठाएपछि डा. केसीले प्रतिक्रिया जनाउँदै आफूलाई अपहरण गर्न लागेको टिप्पणी गरेका हुन्।

डा. केसीको अडियो सन्देश
मेरो आज सत्याग्रहको २० औ दिन हो । म कर्णाली अञ्चलको जुम्ला जिल्लाको सदरमुकाम कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठानमा सत्याग्रह गर्दैछु । र मलाई यहाँका चिकित्सक, नर्स, प्यारा मेडिकल टिमले राम्रोसँग उपचार दिइराख्नुभएको छ। म पूर्णरुपमा सन्तुष्ट छु।

तर सुन्नमा के आएको छ भने यहाँबाट मलाई राज्यले अपहरण गरेर काठमाडौ लग्दैछ  र अपहरण गरेर हाम्रो अभियान तुहाउन खोज्दैछ भन्ने सुन्नमा आएको छ। यदि राज्य मेरो स्वास्थ्यप्रति धेरै नै चिन्तित छ भने मेरो माग पुरा गर्नतिर लाग्नुपर्यो। मेरो माग पुरा भएमा म अनसन तोड्छु। यो मेरो लागि पवित्र स्थल हो। चन्दननाथ वावाको काखमा बसेर सत्याग्रह गर्नेछु। जबसम्म मेरो माग पुरा हुँदैन, म यहि ठाउँमा बसेर अनसन सत्याग्रह जारी राख्नेछु।

मेरो नागरिक अधिकार खोस्ने कसैलाई अधिकार छैन र गुन्डागर्दी चल्दैन। अहिलेको लडाइ भनेको राज्यपक्षको अधिनायक र माफिया डन विरुद्धको हो। मेरो लडाइ जनताको हकहितको लागि हो। माफिया डन र अधिनायकवादीको हार हुन्छ। जनताको जित हुन्छ। नमस्कार।

प्रकाशित: ३ श्रावण २०७५ ०७:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App