coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

बेलारुसका राष्ट्रपति भेट्ने म्याराडोनाको चाहना

ब्रेस्ट – आइतबार सम्पन्न विश्वकपको व्यस्तता सकेपछि १९८६ को विश्वकप विजेता अर्जेन्टिनी सुपरस्टार डिएगो म्याराडोना रंगीन करियरमा नयाँ चुनौती स्विकार्न सोमबार बेलारुस पुगेका छन्।

खेलाडीपछि प्रशिक्षक र व्यापारिक प्रवद्र्धकका रूपमा काम गरेका म्याराडोनाले बेलारुसको पहिलो डिभिजनको क्लब डिनामो ब्रेस्टमा अध्यक्षको नयाँ जिम्मेवारी लिएका छन् । प्रशासनको नयाँ जिम्मेवारीलाई अत्यन्तै गम्भीर रूपमा लिएको बताउँदै म्याराडोनाले आफ्नो उपस्थितिले बेलारुसको खेलुकद अगाडि बढ्ने विश्वास व्यक्त गरे।

शताब्दीकै महान् फुटबलरका रूपमा लिइने ५७ वर्षे म्याराडोनाले बेलारुसका अधिनायकवादी राष्ट्रपति एलेक्जेन्डर लुकासेन्कोलाई भेट्ने इच्छा व्यक्त गरेका छन्।

‘मसँग फिडेल क्यास्ट्रो, ह्युगो चाबेज र मोहमार गद्दाफीको राम्रो स्मरण छ । म पुटिनलाई पनि चिन्दछु,’ क्युबा, भेनेजुएला र लिबियाका दिवंगत नेतृत्व तथा रूसका वर्तमान राष्ट्रपतिको नाम लिँदै म्याराडोनले भने, ‘अब म लुकासेन्कोसँग फोटो खिचाउन चाहन्छु।’

 

प्रकाशित: ३ श्रावण २०७५ ०५:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App