८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

राष्ट्रसंघका महासचिव वान की मुन मुर्खःरोड्रिगो डुटेर्ते

मनिला–फिलिपन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले राष्ट्रसंघका महासचिव वान की मुनलाई मुर्खको संज्ञा दिएका छन्। इन्डोनेशियाको भ्रमणमा रहेको उनले शुक्रबार संचारकर्मीसँग कुरा गर्दै आफूले अमेरिकी राष्ट्रपतिलाई अपशब्द प्रयोग नगरेको दाबी गर्दै आफ्नो मुलुकमा भइरहेको लागुऔषध तस्कर नियन्त्रण कार्यलाई मानव अधिकार हनन्  भयो भन्ने र विश्वमा मावन अधिकारको मुद्दा उठाउँदै हिड्ने मुन महामुर्ख भएको बताएका हुन्।

उनले भने,  ‘चीनमा जारी जि–२० सम्मेलनका क्रममा मैले ओबामालाई अपशब्द प्रयोग गरेको छैन ,म अमेरिकासँग कुनै दुश्मनी मोल्न चाहन्न ,मैले सम्मेलन अघि फिलिपिन्समा भइरहेको लागुऔषध तस्करीविरुद्ध भइरहेको कारबाहीमा मानव अधिकार हनन भयो भन्दै हिड्ने राष्ट्रसंघका महासचिव वान कि मुनलाई मुर्ख भनेको हुँ संचार माध्यमले मेरो भनाइको गलत अर्थ लगाए।’

उनले उक्त सम्मेलनका दौरान आफू ओबामासँग भेट्न आफ्नो टोलीका साथ तयार रहे पनि ओबामा नआएको बताए।
केही दिन पहिले महासचिव मुनले फिलिपिन्स सरकारले लागुऔषध नियन्त्रणका नाममा मानव अधिकार हनन् गरेको बताउँदै तत्काल यस्तो कार्य रोक्न आग्रह गरेको थिए।

 

प्रकाशित: २४ भाद्र २०७३ १०:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App