बलिदिन सानो भर्‍याङबाट युवती अपहरण गर्ने पक्राउ

शुक्रबार, २४ भदौ २०७३, १५ : ३६ नागरिक

काठमाडौं— बलि दिने उद्देश्यले काठमाडौं सानो भर्‍याङबाट युवती अपहरण गर्ने एक जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेको छ। तान्त्रिक विधिद्वारा चामत्कारिक आर्थिक लाभ प्राप्त गर्न तान्त्रिक गुरुले १६ वर्षे कन्याको बलि दिनुपर्ने बताएपछि थापा सहितकाे समूहले साउन १४ गते युवती अवहरण गरेको थियो।

चामत्कारिक आर्थिक लाभ प्राप्त गर्नका लागि तान्त्रिक गुरुले १६ वर्षे कन्याको बलि दिनुपर्ने बताएपछि थापा सहितकाे समूहले साउन १४ गते युवती अवहरण गरेको थियो।

अपहरण गर्ने कार्यमा संलग्न तनहुको व्यास नगरपालिका ६, रुम्सीगाउँ स्थायी घर भएका ३७ वर्षीय भोजबहादुर थापालाई सिआइबीको टोलीले पोखराबाट पक्राउ गरेको हो।

युवतीलाई सानोभर्‍याङबाट अपहरण गरी थापा सहितको समूहले नागर्जुनस्थित, काठमाडौंस्थित घरमा बन्धक बनाएर राखेका थिए। साउन १४ गते अपहरणमा परेकी युवती ३२ गते बन्धक बनाएको स्थानबाट भाग्न सफल भएकी थिइन्। त्यसपछि उनले प्रहरीमा दिएको जाहेरीका आधारमा सिआइबीको टोलीले भदौ २१ गते पोखराको लेकसाइडबाट थापालाई पक्राउ गर्न सफल भएको हो।

उजुरीपछि फरार रहेका प्रतिबादीहरुलाई पक्राउ गरी कारबाहीको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरीएको थियो। पक्राउ प्रतिबादीलाई मुलुकी ऐन, अपहरण तथा शरिर वन्धक उद्योग महल बमोजिमको कसूर सजाय हुने र पिडितलाई क्षतिपूर्ति भराई दिन माग मागदावी लिइएको थियो। भोजबहादुर थापा हालसम्म फरार रहेका थिए।

थापाविरुद्ध सिआइबीले शरीर बन्धक तथा क्युरियो सामानको संग्रह गरेको कसूरमा अनुसन्धान अघि बढाएको थियो।

अपहरण गर्ने कार्यमा संलग्न भोज बहादुर थापा, तान्त्रिक भनीएका गुरु भन्ने कानु पहरी, ओमकार शाह, याम बहादुर रोक्का, छत्र बहादुर राई, हरि बहादुर पुन मगर, उदीम बहादुर पुन र भिम बहादुर भुजेल समेतले ती युवतीलाई झुक्याएर अपहरण गर्न सफल भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।








यसमा तपाईको मत

अन्य समाचार

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad