पानीबाट छचल्किएका रंगहरू

बिहिबार, ०३ साउन २०७५, ०८ : ०७ चाँदनी हमाल

153


काठमाडौं - पानी आफैंमा रंगविहिन हुन्छ । तर त्यो पानी नै हो जहाँ थरिथरिका रंग मिसिन्छन् । त्यो पानीले व्यक्त गर्ने भाव पनि रंगसरी नै अनगिन्ती हुन्छन्।

यस्तै अनेक भावका रंग घोलेर बनाइएका वाटर कलर चित्रको प्रदर्शनी बबरमहलस्थित आर्ट काउन्सिलमा सुरु भएको छ ।  कलाकारद्वय एन.बि.गुरुङ र डि.राम पाल्पालीले पानीरंगको प्रयोगद्धारा  नेपाली समाज विभिन्नलाई  क्यानभासमा पोखेका छन् । ‘इन्साइट्स’नाम दिइएको कला प्रदशर्नी मंगलबारदेखि सुरु भएको हो।

धेरै कलाकारको बुझाइमा वाटर कलर सिकारु चित्रकारले प्रयोग गर्ने कलर हो । तर यसैलाई व्यवसायिक रुपमा अंगाल्ने यि दुई कलाकारको बुझाइ भने फरक छ । सिक्दाखेरी सजिलो लागे पनि यसलाई नै विधा बनाउनु चुनौती रहेको कलाकार एन.बि. गुरुङ बताउँछन्।

पानीसंग रंग मिसाएर त्यसको प्रभाव क्यानभासमा उतारेरै उनले देश र विदेशमा नाम र दाम दुवै कमाउन सफल भएका छन् । प्रर्दशनीमा राखिएका कलाकृतिमा गुरुङका पोट्रेट, ल्यान्डस्केप, अमूर्त र कम्पोजिसन गरी चार थरीका कला छन् । ‘मलाई ल्यान्डस्केपभन्दा पोट्रेट बनाउन गाह्रो लाग्छ,’ गुरुङले भने, ‘अनुहारको आकारसँगै भाव झल्काउनु कम्ती चुनौतीपूर्ण हुन्न ।’ प्रदर्शनीमा राखिएको त्यस्तै भावको उनको एक वृद्धको चित्र छ । जसले अमेरिकामा एकलाख नेपाली रुपैयाँ बराबरको पुरस्कार नै जित्न सफल भयो ।

झण्डै तीनसय कलाकृति मध्येबाट उत्कृष्ट बनेको उनको चित्रमा वृद्ध घरबार छाडेका साधुको भेषमा रहेका छन् । उनको चित्रमा एउटा मानिसको नियति र भावना दुवै झल्काउने प्रयास गरेका छन् । ‘उनी घर, परिवार छाड्नु पर्दा निराश छन् तर अनुहार सांसारिक माया छाडेको सन्तुष्टि पनि देखिन्छ, ’ गुरुङले प्रष्ट्याउन खोजे । वृद्ध,वृद्धाका यस्तै विभिन्न आयाम झल्काउने उनका अन्य पोट्रेट पनि प्रदर्शनीमा छन्।

ल्यान्डस्केपमा भने उनले ठूला कुरा हैन साना साना विषयलाई ठाउँ दिएका छन् । त्यसमध्ये उनलाई मन परेको भने माछाको ल्यान्डस्केप हो । ‘लाइफ इन लाइफलेस’ शीर्षकको चित्रले एउटा जीवन सकिँदा त्यसले अरु कसैको जीवन बनिरहेको हुन्छ भनेर बताउँछ । माछा बिनापानी बाँच्न सक्दैन । तर त्यही खाएर पनि मानिसले आफूलाई बचाउँछ । ‘माछालाई मानिसले खाए झैं माछाले पनि अरुलाई खाइरहेको हुन्छ । यही जीवनको रित हो,’उनले भने । त्यस्तै  उनले परेवाजोडीसहित हिमाली भेगका केही ल्यान्डस्केपमा पानीरंगले सजाएका छन्।

त्यस्तै डि.राम पाल्पालीका भने अधिकांस चित्र ल्यान्डस्केप छन् । पाल्पा तानसेनका पाल्पालीले आफ्नै परिवेशलाई ल्यान्डस्केपमा उतारेका छन् । पाल्पाको हिलस्टेसन होस् वा बजारका परिवेश, उनले कलात्मक भावमा प्रस्तुत गरेका छन् । गुरुङका कलाले मानवियताको प्रभाव छाडेजस्तै पाल्पालीका कलाले भने प्रकृति र समाजलाई भौतिकतासँग जोडेका छन्।

‘ल्यान्डस्केपमा प्रकृतिसँग नजिक रहेका बाहेक भौतिक वस्तु बनाउने चलन त्यति छैन,’ पाल्पालीले भने, ‘तर मैले त्यस्ता चिजलाई पनि नविनताका साथ ल्यान्डस्केपमा उतार्ने कोशिश गरेको छु ।’ जुन उनको तानसेन बजारको वसपार्कको चित्रले प्रष्ट्याउँछ । अझ पानीरंगभित्र अटाएको वर्षातकै चित्र निकै सुन्दर देखिन्छ । हल्का पानीरहेको मौसममा बादलभित्रबाट झुल्किएको घामको किरण पाल्पाको गल्लीमा सुन्दर देखिएको छ । यसैगरी छाता ओढेर घामपानीमा रमाउँदै गरेका मानवआकृति, वस्ती, मौसमको बदलिँदो परिवेशलाई पनि उनले सुन्दर तरिकाले क्यानभाषमा उतारेका छन्।  

क्ला प्रदर्शनीको प्राध्यापक अरुण गुप्ताले उद्घाटन गरेका थिए । उनले दुई कलाकारका कला कुनै पनि अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने सामथ्र्य राख्ने बताए । कला समीक्षक मदन चित्रकारले पहिलेको तुलनामा पानी रंगका कला प्रतिस्प्रर्धात्मक बन्दै गएको बताए । पहिले विधाकै रुपमा सशक्त भएपनि अचेल क्याम्पस स्तरको पढाइमा सुरुवाती सिकाइको विषय बनेकाले निरन्तरता दिने थोरै रहेको उनले औंल्याए ।

तथापि जलरंग समाज नै गठन गरेर विधाकै रुपमा अंगाल्ने कलाकारको हिम्मत भने कदरपूर्ण रहेको चित्रकार बताउँछन् । समीक्षक रमेश खनालले भने पाल्पालीले आफ्नो जन्मस्थलप्रतिको प्रेमलाई  पानीरंगमा घोलेर प्रस्तुत गरेको बताए । ‘वाइड एंगलको ल्यान्डस्केपमा सिपालु देखिएका छन् पाल्पाली,‘ उनले भन,े ’हरेक गल्लीको सुन्दरता मज्जाले प्रस्तुत गरेका छन्’ गुरुङले भने कला प्रदर्शनीमा गुरुङका १९ र पाल्पालीका २१ गरी ४० कलाकृति रहेका छन् । १५ देखि ८० हजार मूल्य रहेको चित्रकला प्रदर्शनी साउन ७ गतेसम्म चल्ने छ ।







यसमा तपाईको मत


अन्य समाचार

एप्पलको नयाँ आइप्याड मिनी र आइप्याड एअर

एप्पलको नयाँ आइप्याड मिनी र आइप्याड एअर

रिलिज भएका आइप्याडमा १०.५ इन्चको डिस्प्ले भएको आइप्याड एअर र ७.९ इन्चको डिस्प्ले भएको आइप्याड मिनी पर्छ । ...

फेसबुक एपको अटोप्ले फिचर - बन्द किन गर्ने र कसरी गर्ने ?

फेसबुक एपको अटोप्ले फिचर - बन्द किन गर्ने र कसरी गर्ने ?

हानिकारक र अनुचित विषयका भिडियोहरुबाट टाढा रहनुको लागि पनि फेसबुकमा अटो प्ले फिचर बन्द गर्नु उचित हुन्छ । ...

१ लाख सम्मका उत्कृष्ट स्लिम र पोर्टेबल ल्यापटपहरु

१ लाख सम्मका उत्कृष्ट स्लिम र पोर्टेबल ल्यापटपहरु

धेरै प्रयोगकर्तालाई ल्यापटपमा पोर्टबिलिटिको आवश्यकता पर्छ । ...

८० करोड विन्डोज १० प्रयोगकर्ता

८० करोड विन्डोज १० प्रयोगकर्ता

विन्डोज १० अहिलेको सबैभन्दा प्रचलित कम्प्युटर अपरेटिंग सिस्टम बनेको छ ...

कम्प्युटर र ल्यापटप फास्ट बनाउन एसएसडीको प्रयोग

कम्प्युटर र ल्यापटप फास्ट बनाउन एसएसडीको प्रयोग

स्लो कम्प्युटर फास्ट बनाउने सबैभन्दा फास्ट तरिका ! ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरु

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरु

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे ...

फेसबुक मेसेन्जरमा डार्क मोड सुचारु गर्ने तरिका

फेसबुक मेसेन्जरमा डार्क मोड सुचारु गर्ने तरिका

फेसबुक मेसेन्जरमा डार्क मोड सुचारु गर्ने तरिका ...

स्मार्टफोनका लागि १००० जीबीको मेमोरी कार्ड

स्मार्टफोनका लागि १००० जीबीको मेमोरी कार्ड

स्मार्टफोनका लागि पनि १ टेराबाइट अर्थात् १००० जीबीको मेमोरी कार्ड उपलब्ध हुने भएको छ । ...

Ncell Footer Ad