उद्धार भएका किशोरले भने ‘चमत्कारको क्षण’

बिहिबार, ०३ साउन २०७५, ०७ : ५७ एजेन्सी

बैंकक – बाढीग्रस्त गुफामा दुई साताभन्दा बढी फसेर उद्धार गरिएका १२ किशोरले पहिलो पटक आफ्नो अग्नि परीक्षाबारे बोलेका छन्।

गुफामा फसेको नौ दिनपछि बेलायती गोताखोरले आफूहरुलाई भेट्दा ‘चमत्कार क्षण’ भएको उनीहरुले सञ्चारमाध्यमसामु बताएका छन् ।गुफामा फसेका १२ मध्ये एक मात्रै अंग्रेजी बोल्न जान्ने १४ वर्षीय अदुल साम–अनले पहिलो पटक बेलायती गोताखोरले आफूहरुलाई भेट्दा आफूले ‘हेलो’ मात्रै भन्न सकेको पत्रकारहरुलाई बताएका छन्।

म्यानमारसँग सीमा जोडिएको उत्तरी थाइल्यान्डस्थित थाम लुङ गुफामा १२ किशोर र उनीहरुका २५ वर्षीय प्रशिक्षक दुई साताभन्दा बढी फसेका थिए । तीन दिन  लगाएर सफलतापूर्वक उद्धार गरिएका उनीहरु उपचार पछि बुधबार बिहानै आ–आफ्ना घरतर्फ लागेको बिबिसीले उल्लेख गरेको छ ।

चियाङ राईमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुलाई उद्धार गर्न सहयोग गरेको थाई जलसेनासँग आफ्ना फुटबल पहिरनमा उपस्थित भएका ती किशोरहरुले पहिलो पटक सञ्चारमाध्यमसमक्ष आफ्ना भनाइ राखेका हुन् ।गुफामा रहेका ढुंगाबाट पानी पिएर कसरी आफूहरु बाँचियो भनेर एक किशोरले पत्रकार सम्मेलनमा बताए । ‘पानी सफा थियो तर खाने कुरा केही थिएन,’ ती किशोरलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

दुई साताभन्दा लामो समय गुफामा बिताएको अग्नि परीक्षाबाट धेरै कुरा सिक्ने केही किशोरहरुले पत्रकार सम्मेलनका क्रममा बताए । एक किशोरले त अबदेखि थप सचेत हुने र जीवनलाई पूर्ण रूपमा जिउने प्रतिबद्धतासमेत गरेको बिबिसीले जनाएको छ । ‘यो अनुभवले मलाई थप जिम्मेवार र बलियो बन्न सिकाएको छ,’ अर्का किशोरले पत्रकार सम्मेलनमा बताए ।उत्तरी थाइल्यान्डको चियाङ राई प्रान्तका गभर्नर प्राचन प्रत्सुकनले यो नै किशोरहरुको आधिकारिक पत्रकार सम्मेलन हुने र यसपछि किशोरहरुले कुनै पनि सञ्चारमाध्यमसमक्ष अन्तर्वार्ता नदिने बताएका छन् ।

किशोरहरुलाई सोधिने प्रश्नहरु पत्रकार सम्मेलन अघि नै हेरिएको थियो । ती प्रश्नहरु बाल मनोवैज्ञानिकलाई दिइएको थियो । बाल मनोवैज्ञानिकले प्रश्नहरुले किशोरहरुमा कुनै समस्या नहुने भनेर दिएको सुझावअनुसारका प्रश्नमात्रै पत्रकार सम्मेलनमा किशोरहरुसमक्ष राखिएको बिबिसीले जनाएको छ । अस्पतालबाट बिदा भएका किशोरहरुलाई छोटो अवधिका लागि बौद्ध धर्मगुरुहरुको समिपमा पनि राखिने योजना रहेको थाई अधिकारीहरुलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । थाइल्यान्डमा पुरुषहरुले दुर्भाग्यपूर्ण अवस्थाबाट गुज्रिन प¥यो भने बौद्ध धर्मगुरुहरुको समिपमा लाने परम्परा रहेको छ।

जुन २३ का दिन आफ्ना फुटबल प्रशिक्षकसँग फुटबल खेल्न गएका उनीहरु समूहकै एक जना सदस्यको जन्मदिनलाई विशेष बनाउने योजनासहित थाइल्यान्डको उत्तरी चियाङ राईस्थित थाम लुङ गुफामा छिरेका थिए । उनीहरु त्यहाँ एक घण्टामात्रै बिताउने योजनासहित गएका थिए । गुफाभित्रै रहँदा एक्कासी ठूलो पानी परेपछि उनीहरु बाहिर निस्कने एक मात्रै विकल्पमा बाढीले भरिएपछि उनीहरु त्यहीं फसे । फुटबल खेल्न गएका आफ्ना छोराहरु हराएलगत्तै उनीहरुका अभिभावकले आफ्ना सन्तानहरु हराइरहेको भन्दै तत्काल सरकारी अधिकारीलाई सूचना प्रवाह गरे । किशोरहरु हराएको सूचना पाएलगत्तै खोजी र उद्धार कार्य सुरु गरिएको थियो।

हराएको नौ दिनपछि ती किशोरहरुलाई दुई बेलायती गोताखोरहरुले गुफाको मुखबाट चार किलोमिटर भित्र भेटेका थिए । किशोरहरुलाई भेटे पनि उनीहरुलाई कसरी उद्धार गर्ने भन्ने समस्याले भने थप चिन्तित तुल्याएको थियो । किशोरहरु पौडिन नजाने र नौ दिनसम्म भोकै  गुफामा फसेका उनीहरुको मनोबलका कारण उद्धार कसरी गर्ने भनेर थाई अधिकारीहरुमा चिन्ता बढेको थियो । उद्धार कार्यको सुरुमै एक गोताखोरले ज्यान गुमाउन पुगे । त्यसपछि अनुभव प्राप्त विदेशी गोताखोरसहित थाइल्यान्डको जलसेनाले उद्धार कार्यलाई सफलतापूर्वक सम्पन्न गरी उनीहरुलाई अस्पताल पुर्याएको थियो ।
 

 





यसमा तपाईको मत

अन्य समाचार

मोटरसाइकलको हेरचाह कसरी गर्ने ?

मोटरसाइकलको हेरचाह कसरी गर्ने ?

मोटरसाइकलको हेरचाह गर्ने तरिका ! ...

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ? ...

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोन डिस्प्लेलाई भाइरस र किटाणु मुक्त बनाउनुहोस् ! ...

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

प्रोसेसरको दौडमा Intel झन् धेरै पछि पर्दै - AMD ले ल्यापटपमा पनि जित्यो ! ...

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

Ncell Footer Ad