८ वैशाख २०८१ शनिबार
राजनीति

सरकारले झारा टार्यो :डा. केसी

जुम्ला - जुम्लामा विगत १९ दिनदेखि अनशन बसिरहेका डा. गोविन्द केसीले तत्कालका लागि सरकारसँग वार्ताको औचित्य सकिएको बताएका छन् ।

सरकारले वार्ताका नाममा झारा टार्ने काममात्रै गरेको भन्दै डा. केसीले माग सम्बोधनका लागि वातावरण तयार नभए सरकारसँग अर्को चरणको वार्ताको औचित्य नरहेको जनाएका हुन्।

‘कर्मचारीमात्रै सम्मिलित वार्ताटोली पठाएर सरकारले झारा टार्ने काम गरेको छ,’ डा. केसीले बुधबार विज्ञप्ति जारी गरी भनेका छन्, ‘सरकारले माग सम्बोधन हुने गरी वार्ताका लागि वातावरण नबनाएसम्म अब अर्को चरणको वार्ताको औचित्य छैन ।’ सरकारी वार्ताटोलीसँग आफ्ना मागका अन्तरवस्तुमा पुगेर वार्ता नभएको उनले जानकारी दिए । डा. केसीले यसले सरकार अझै पनि वार्ताका लागि जिम्मेवार र संवेदनशील नरहेको दाबी गरेका छन् ।

वार्ता समिति बनेलगत्तै डा. केसी र सरकारी पक्षबीच एक चरणको वार्ता भएको थियो भने मंगलबार फेरि वार्ता भएको थियो । ‘हाम्रो मागको अन्तरवस्तुमा गएर सार्थक वार्ता हुन सकेको छैन’, उनले भनेका छन्, ‘सरकार अझै पनि हामीले उठाएका अजेन्डाप्रति उदासीन देखिन्छ।’

डा. केसीले वार्ता निष्कर्षमा पुर्याउन तत्काल चिकित्सा शिक्षा विधेयक फिर्ता फिर्ता हुनुपर्ने पहिलो सर्त राखेका छन् । उनले अधिकार सम्पन्न वार्ताटोली पठाउन पनि सरकारसँग आग्रह गरेका छन् । ‘तत्काल वार्ता निष्कर्षमा पु¥याउन चिकित्सा शिक्षा विधेयक फिर्ता गरेर पूर्ण म्यान्डेटसहितको वार्ताटोली पठाउन सरकारलाई आग्रह गर्दछौं’, विज्ञप्तिमा उल्लेख छ, ‘त्यसो भएमात्रै अर्को चरणको वार्तामा बस्न सम्भव हुनेछ ।’

प्रकाशित: ३ श्रावण २०७५ ००:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App