८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

किम र मुनलाई इन्डोनेसियाली राष्ट्रपतिको निमन्त्रणा

जाकार्ता- इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले उत्तर कोरियाका नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनलाई आफ्नो देशमा नियन्त्रणा गरेका छन्।

आउँदो महिना हुने एसियन खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा आतिथ्यता ग्रहण गर्न उहाँले दुई कोरियाका दुई शीर्ष नेतालाई निमन्त्रणा गरेका हुन्।

प्रतियोगितामा दुवै देशले सँगै सहभागिता जनाउने सहमति भइसकेकाले राष्ट्रपति विडोडोले किम र मुनलाई निमन्त्रणा गरेकाे इन्डोनेसियाका उच्च अधिकारीहरूले जनाएका छन्। 

विश्वमा शान्तिपूर्ण वातावरण फैलाउनका लागि सो कार्यक्रम एउटा महत्वपूर्ण सहयोगी अवसर हुनसक्ने अपेक्षा गरिएको छ। कार्यक्रममा दुई कोरियाका शीर्ष नेताद्वय किम र मुन सहभागी भए विश्वको ध्यान खिचिने छ। 

एसियन खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा झण्डै २६ देशका प्रमुख आउने संभावना रहेको बताइएको छ। उद्घाटन समारोहका लागि दुई लाख सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरिएको इन्डोनेसियाको प्रहरीका राष्ट्रिय प्रमुख टिटो कार्नाभिआनले जानकारी दिएका छन्।

प्रतियोगितामा झण्डै ४५ देशबाट नेता, खेलाडी, प्रतिनिधिलगायत गरी झण्डै २५ जना सहभागी हुने अपेक्षा आयोजक राष्ट्र इन्डोनेसियाले गरेको छ । प्रतियोगिताअन्तर्गत विभिन्न ४० वटा खेल हुनेछन्। 

आउँदो अगस्ट १८ देखि सेप्टेम्बर २ तारिखसम्म हुन लागेको प्रतियोगिता १८औँ संस्करण हो। 

प्रकाशित: २ श्रावण २०७५ १६:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App