coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

गाउँ जोगाउन नदीको धार नै परिवर्तन

रौतहट– बाढीले गाउँ नै बगाउने खतरा बढेपछि करिब दुई साताको प्रयासले खोलाको धार नै परिवर्तन गरेर गाउँलाई जोगाउने काम भएको छ। रौतहटको बौधी माई नगरपालिकाको इनर्वास्थित लालबकैया नदीमा आएको बाढीबाट बाँध भत्किएर सिंगो गाउँ नै जोखिममा परेको अवस्थामा दुई साताभित्र जल उत्पन्न प्रकाप तथा नदी नियन्त्रण कार्यालयले स्पर निर्माण कार्य सम्पन्न गरी धार नै बदलिदिएको छ। 

दुई हप्ता पहिले बकैया नदीमा आएको ठूलो बाढीले तटबन्ध कटान गरेर इनर्वा गाउँलाई पूरै जोखिममा पारेको थियो। एक दुईदिन अझै पानी कम नभएको भए गाउँमा खोलो पसेर ठूलो जनधनको क्षति हुने निश्चित थियो। गाउँ नै खतरामा परेपछि जिल्ला प्रशासन कार्यालय रौतहटको विशेष पहलमा १५ भित्रमा निर्माण कार्य पुरा गराएर गाउँलाई जोगाउन सफल भएको देखिएको हो। 

प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले इनर्वामा पुगेर स्थलगत रुपमा निर्माण गरिएका स्पर तथा आरसिसि पर्कोपाइन राखिएको देख्दा उनी निकै खुशी हुँदै स्थानीयहरुलाई गाउँ जोगिएको छ, तपाईहरु बाँधलाई संरक्षण गर्नुस र सुरक्षित राखेमा बाढी तथा कटानको समस्या नहुने बताएका छन्।

तिव्र कटानलाई जल उत्पन्न प्रकोप तथा नदी नियन्त्रण डिभिजन कार्यालय परवानीपुरका प्राविधिकहरुको अथक प्रयास र नेपाल प्रहरी, सशस्त्र प्रहरीको मद्दतबाट स्परहरु निर्माण गर्नुका साथै आरसिसी परकोपाइनको माध्यमबाट पानीको वेगलाई अर्को दिशातर्फ फर्काइएको र काटिएको स्थानमा खोलाले नै माटो पुरिँदा स्थानीय बासिन्दा तथा सम्बन्धित निकायको मेहनत सफल भएकोमा सबैलाई धन्यवाद दिएका छन्।

जल उत्पन्न प्रकोप तथा नदी नियन्त्रण डिभिजन कार्यालय परवानीपुरको प्रमुख डिभिजन इन्जिनियर राजकुमार श्रीवास्तवले बकैया नदीको तिव्र कटानका कारण स्परहरु निर्माण गर्न निकै चुनौतीपूर्ण भएपनि दिनरातीको मेहनतले गर्दा १५ दिनभित्रमा बालुवा बोरोको करिव १३ वटा स्पर तथा आरसिसि परकोपाइन जडान गरेपछि गाउँलाई जोगाइएको तथा खोलाको धार परिवर्तन भएको बताए। सीमित साधन श्रोतका कारण आपतकालिन कार्य गर्न कठिन रहँदा पनि इनर्वा गाउँलाई जोगाइएको दाबी गरेका छन्।

प्रकाशित: २ श्रावण २०७५ १५:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App