८ वैशाख २०८१ शनिबार
अर्थ

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेद्वारा राजीनामा

काठमाडौं–उर्जामन्त्री जनार्दन शर्मासँगको विवाद उत्कर्षमा पुगेको बताइएका बेला नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले शुक्रबार विहान प्रधानमन्त्री समक्ष राजीनामा दिएका छन्।

काफ्लेले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटकालागि समय मागेका थिए। ‘उहाँले  प्रधानमन्त्रीलाई भेट्नासाथ राजीनामा बुझाउनु भयो,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले नागरिकन्युजसँग भने,‘राजीनामाको कारणबारे प्रधानमन्त्रीको जिज्ञासामा स्वेच्छाले दिएको बताउनु भयो। तर उहाँको राजीनामा स्वीकृति भइसकेको छैन।’   काफ्लेलाई सुशील कोइराला नेतृत्वको सरकारले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो।

प्रकाशित: २४ भाद्र २०७३ ०८:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App