७ वैशाख २०८१ शुक्रबार
राजनीति

काँग्रेस ‘पर्ख र हेर’ को अवस्थामा : नेता पौडेल

चितवन- नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसले अहिले गर्न लागेको आन्दोलन सांकेतिक मात्रै भएको बताउनुभएको छ। 

बुधबार यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले सरकारले अहिले गरेका क्रियाकलापप्रति असन्तुष्टि जनाउँदै काँग्रेस आन्दोलन उत्रेको स्पष्ट पारे। अघिल्लो सरकारले गरेको निर्णय अहिलेको सरकारले अविवेकपूर्ण ढंगले उल्टाएको, अनशनरत डा गोविन्द केसीको जीवन रक्षाको सवालमा प्रभावकारी काम गर्न नसकेको, महँगी र भ्रष्टाचार नियन्त्रण गर्न नसकेका कारण प्रतिपक्षले आन्दोलन गर्नु परेको उनको भनाइ थियो। 

काँग्रेसको आन्दोलनपछि सरकार कसरी अगाडि बढ्छ त्यो हेरेर थप आन्दोलनका कार्यक्रम ल्याउने पनि उनले बताए। जनताका जनजीविकाको पक्षमा काँग्रेस लागिरहने भन्दै नेता पौडेलले काँग्रेस अहिले ‘पर्ख र हेर’को अवस्थामा रहेको बताए। उनले भने, “भर्खरै बनेकोे सरकार छ। प्रतिपक्षको भूमिकाको नाममा असहिष्सुणता प्रदर्शन गर्न पनि भएन।” 

नेता पौडेलले सरकारले गरेको राजदूत नियुक्ति प्रक्रियामा असन्तुष्टि पनि जनाए। 

राजदूत नियुक्तिका क्रममा संविधानमा व्यवस्था भएअनुसार अहिलेको सरकार नचलेको उनको आरोप थियो। सरकारी नियुक्ति पाएका व्यक्तिले आफ्नो पदीय दायित्व निर्वाह गर्दा सरकारको पक्ष लिने काम नहोस् र त्यसबाट आशावादी भएर पक्षपात नगरुन् भन्ने आशयले त्यस्तो धारा राखिएको उनले बताए। रासस 

प्रकाशित: २ श्रावण २०७५ १३:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App