८ वैशाख २०८१ शनिबार
राजनीति

तीनवटै निर्वाचनसम्म हाम्रो सरकारः दाहाल

काठमाडौं— प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देश डरलाग्दो ध्रुवीकरणमा जाने खतरा रहेको अवस्थामा आन्तरिक राष्ट्रियतालाई सम्बोधन गरेको बताएका छन्।

शुक्रबार बिहान पार्टी संसदीय दलको बैठकमा बोल्दै उनले भने, 'देश डरलाग्दो ध्रुवीकरणमा जाने खतरा थियो। सरकारले आन्तरिक राष्ट्रियता सम्बोधन गरेर बलियो राष्ट्रिय एकताको आधार तयार पारेको छ।'

शुक्रबार बिहान पार्टी संसदीय दलको बैठकमा बोल्दै उनले भने, 'देश डरलाग्दो ध्रुवीकरणमा जाने खतरा थियो। सरकारले आन्तरिक राष्ट्रियता सम्बोधन गरेर बलियो राष्ट्रिय एकताको आधार तयार पारेको छ।'

दाहालले स्थानीय, प्रादेशिक र संघीय निर्वाचनसम्म वर्तमान गठबन्धन कायम रहने जानकारी गराउँदै दलको भूमिका प्रभावकारी बनाउन सांसदहरुलाई निर्देशन दिए। ‘तीनवटै निर्वाचन सम्पन्न गरिञ्जेलसम्म हामी सरकारमा हुन्छौं। त्यसैले दलको कामलाई प्रभावकारी बनाएर जानुपर्छ’, उनले भने।

प्रधानमन्त्रीले आफ्नो भारत भ्रमण कुटनीतिक सन्तुलन र सम्बन्धमा केन्द्रित हुने जानकारी गराउँदै दुई छिमेकी देशबाट उच्चस्तरीय भ्रमण हुने तयारी भइरहेको संसदीय दललाई जानकारी गराए।

 

प्रकाशित: २४ भाद्र २०७३ ०८:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App