८ वैशाख २०८१ शनिबार
समाज

सरकारले करारका कर्मचारीको रोजीरोटी खोस्दैनः सचिव थपलिया

काठमाडौ– विभिन्न सरकारी कार्यालयमा कार्यरत करार तथा ज्यालादारी कर्मचारी बुधवार काममा फर्किएका छन्। साउन १ देखि त्यस्ता कर्मचारीलाई हाजिर नगराउने निर्णय भएपनि उनीहरुको सेवा निरन्तर भएको  संघीय मामिला तथा सामान्यप्रशासन मन्त्रालयले जनाएको छ।

संघीय संरचना अनुसार कार्यालयहरु पुनर्संरचना गर्दा कतिपय कार्यालय खारेज हुने अवस्थामा करारका कर्मचारीको करार अन्त्य हुने देखिएको हो। स्थायी कर्मचारीलाई विभिन्न स्थानीय निकायमा पठाए पनि करारका कर्मचारीको व्यवस्थापन हुन सकेको छैन । मन्त्रालयले लामो अवधिसम्म सेवा गरेका र आवश्यक हुने कर्मचारीको सेवालाई निरन्तरता दिन अध्ययन गरिरहेको मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले बताए । ‘वर्षौ सेवा गरेका, यसैबाट जिविका चलाइरहका कर्मचारीको जिविका खोस्न चाहेका छैनौ,’  उनले भने, ‘तर काम नगर्ने र हाजिर गरी जागिर पचाउनेहरुको भने करार नविकरण गर्ने कुरा हुँदैन।’

 उनका अनुसार सरकारले  २–३ दिनमा यसविषयमा अध्ययन गरी उपयुक्त व्यवस्था गर्नेछ। संघीय संरचानअनुसार जाँदा कार्यलयसंख्या धेरै हुनेभएकाले करार र ज्यालादारी कर्मचारी व्यवस्थापन अफ्ठेरो नभएको थपलियाको भनाइ छ।

 मंगलवार कार्यलयमा हाजिर हुन नपाएका अस्थाइ तथा ज्यालादारी कर्मचारीले आफ्नो रोजिरोटी खोसिएको भन्दै विरोध कार्यक्रम गरेका थिए । देश भर सरकारी सेवामा करिब १३ हजार यस्ता कर्मचारी कार्यरत रहेको अनुमान छ। ड्रइभर, परिचरलगायत श्रेणी वीहिन तहमा काररवाट कर्मचारी आपूर्ति गर्ने गरिएको छ।

 

प्रकाशित: २ श्रावण २०७५ १३:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App