७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रदेश ५ सरकारको ८० प्रतिशत बजेट खर्च भएन

रुपन्देही - प्रदेश ५ सरकारले पहिलो बर्षका लागि छुट्टाएको बजेटको ठूलो हिस्सा खर्च गर्न सकेन। वि.स.२०७४ माघमा प्रदेश सरकार गठन भएपछि आर्थिक बर्ष २०७४/७५ का लागि सरकारले गत चैत्रमा १ अर्ब २ करोड ५ लाख बराबरको बजेट ल्याएको थियो । तर, प्रदेश सरकारले पहिलो बजेटको १९ प्रतिशत मात्रै खर्च भएको छ । सरकारले १९ करोड ३० लाख ५३ हजार रुपैयाँ खर्च गरेको छ।

प्रदेश सरकारले ८२ करोड ७४ लाख ४७ हजार रुपैयाँ खर्च गर्न सकेन । खर्च हुन नसकेको बजेट चालू आर्थिक बर्षका लागि बचत गरि खर्च गरिने आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव थानेश्वर गौतमले बताए । प्रदेश सरकार शून्य संरचनाबाट शुरुवात भएकाले तीन महिनाका लागि ल्याइएको गत अार्थीक बर्षको बजेटको ठूलो हिस्सा खर्च गर्न नसकिएको सचिव गौतमले बताए । ‘छुटाइएको बजेट खर्च हुन नसक्नुको मुख्य कारण संरचना नहुनु नै हो’ सचिव गौतमले भने। विभिन्न मन्त्रालयहरुका लागि छुटाइएको बजेट ऐन, कार्यविधि र संरचना नहुँदा खर्च हुन नसकेको हो।

प्रदेश सरकार शून्य संरचनाबाट शुरुवात भएकाले पहिलो आर्थिक बर्षको बजेट खर्च हुन नसकेको मन्त्रालयहरुले जनाएका छन। प्रदेश ५ का मन्त्रालयले बैशाखबाट मात्रै बजेटको अख्तियारी पाएका थिए । तर, जनशक्ति अभाव र अन्य व्यवस्थापनलाई हेर्दा बजेट खर्च हुन नसकेको मन्त्रालयहरुकाे तर्क छ।

प्रदेश सरकारले आर्थिक बर्ष ७५/७६ का लागि भने २८ अर्ब ९ करोड ३ लाख रुपैयाँ छुट्याएको छ । प्रदेश सरकारको बजेट कार्यान्वयनका लागि कर्मचारीको भने अभाव देखिएको छ।

प्रकाशित: २ श्रावण २०७५ १२:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App