यथास्थितिमा चिकित्सा शिक्षा विधेयक पेश गरे प्रतिवाद गर्ने कांग्रेसकाे चेतावनी

बुधबार, ०२ साउन २०७५, १६ : ४७ नागरिक

काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चिकित्सा शिक्षा विधेयक अघिल्लो अध्यादेश (माथेमा आयोगको भावना र मर्म) अनुसार नै ल्याउन सरकारलाई आग्रह गरेको छ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकले सरकारले बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा यथास्थितिमा चिकित्सा शिक्षा विधेयक पेश गरे प्रतिवाद गर्ने निष्कर्ष निकालेको छ। बैठकले माथेमा आयोगको भावना र मर्मविपरीतको विधेयक ल्याए संघीय संसद्सँगै सातै प्रदेशका प्रदेशसभामा पनि सोहीअनुसारको सशक्त भूमिका निर्वाह गर्ने निर्णय भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

पदाधिकारी बैठकमा बिहीबारदेखि शुरु हुने पार्टीको विरोधसभालाई प्रभावकारी र व्यवस्थित बनाउने सम्बन्धमा समेत छलफल भएको प्रवक्ता शर्माले बताए। कांग्रेसले सरकारका केही क्रियाकलापप्रति असहमति राख्दै यही साउन ३ गतेदेखि विरोधसभा गर्ने जनाएको छ।

बैठकमा सभापति देउवाले भातृ संस्था नेपाल विद्यार्थी संघमा देखिएको विवाद तत्काल मिलाउन निर्देशन दिएका थिए। साथै पार्टीको विधान मस्यौदा समिति बनाउने विषयमा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच सहमति भएको बताउँदै शर्माले भने , “सम्भवतः भोलि नै ९ देखि ११ सदस्यीय विधान मस्यौदा समिति गठन हुनेछ।”

कांग्रेसको गत वैशाख १६ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले स्थानीय, प्रदेश तथा केन्द्रीय तहमा भएको राज्य पुनःसंरचना मुताविक पार्टीको पुनःसंरचना गर्न पार्टीको विधानमा समयानुकूल परिमार्जनका लागि विधान संशोधन समिति बनाउने निर्णय गरेको थियो ।

पार्टीका विभिन्न तहबाट रायसुझाव संकलन गरी पार्टीको विधानलाई आवश्यक परिमार्जन एवं संशोधनलगायत कार्यका लागि अर्को महिना काँग्रेसको महासमिति बैठक बस्ने तयारी छ।

बैठकमा सभापति देउवा, वरिष्ठ नेता पौडेल, महामन्त्रीद्वय डा शशांक कोइराला र पूर्णबहादुर खड्का, प्रवक्ता शर्मा, मुख्य सचेतक बालकृष्ण खाँण, केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, डा मीनेन्द्र रिजाल लगायतकाकाे उपस्थिती रहेकाे थियाे। रासस








यसमा तपाईको मत

अन्य समाचार

डिशहोमले एसईई तयारी कक्षा प्रसारण गर्ने

डिशहोमले एसईई तयारी कक्षा प्रसारण गर्ने

डिशहोमले एसईई दिने तयारीमा रहेका विद्यार्थीहरुलाई लक्षित गरी यस वर्ष पनि एसईई तयारी कक्षा प्रसारण गर्ने भएको छ । ...

नेपाल टोस्टमास्टर्सको वार्षिक सम्मेलन

नेपाल टोस्टमास्टर्सको वार्षिक सम्मेलन

नेपाल टोस्टमास्टर्सको वार्षिक सम्मेलन सम्पन्न भएको छ । ...

नयाँ रोयल इनफिल्ड बजारमा

नयाँ रोयल इनफिल्ड बजारमा

नेपालका लागि रोयल इनफिल्ड बाइकको बिक्रेता विवेक अटोमोबाइल्स प्रालिले उक्त बाइकको क्लासिक ३५० सिसी डुअलच्यानल एबिएस सहितको बिएस४ सार्वजनिक गरेको...

प्रभु लाइफको वार्षिकोत्सव

प्रभु लाइफको वार्षिकोत्सव

प्रभु लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिकोत्सव सम्पन्न भएको छ । ...

एसबिआई बैंकको साधारण सभा

एसबिआई बैंकको साधारण सभा

नेपाल एसबिआई बैंकको २६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

नेपाल एयरलाइन्स मार्चबाट नारिता र ग्वान्जाउ उड्ने

नेपाल एयरलाइन्स मार्चबाट नारिता र ग्वान्जाउ उड्ने

नेपाल वायुसेवा निगमले थप दुई अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्ने भएको छ । ...

नेसनल माइक्रोफाइनान्सको लाभांश पारित

नेसनल माइक्रोफाइनान्सको लाभांश पारित

नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाले २० करोड ६२ लाख ९१ हजार रुपैयाँ नाफा गरेको छ । ...

नाडामा दुलाल अध्यक्ष

नाडामा दुलाल अध्यक्ष

नाडा आटोमोबाइल एसोसिएसन अफ नेपालमा वर्तमान उपाध्यक्ष कृष्णप्रसाद दुलाल अध्यक्ष चुनिने पक्का भएको छ । ...

Ncell Footer Ad