coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सरकारले वार्ताका नाममा झारा टार्ने काम गर्‍याे : डा. केसी

जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत डा.केसी ।

जुम्ला - जुम्लामा अनशनरत डा. गोविन्द केसीले तत्कालकालागि सरकारसंग अर्को चरणको वार्ताको औचित्य सकिएको वताएका छन् । सोमवार वार्ता समिति निर्माण गरेको सरकारले वार्ताका नाममा झारा टार्ने काममात्रै गरेको भन्दै डा. केसीले माग सम्बोधनका लागि वातावरण तयार नभए सरकारसंग अर्को चरणको वार्ताको औचित्य नरहेको जनाएका हुन्।

‘कर्मचारीहरु मात्रै सम्मिलित वार्ता टोली पठाएर सरकारले झारा टार्ने काममात्रै गरेको छ,’डा. केसीले वुधवार प्रेस विज्ञप्ती जारी गर्दै भनेका छन् ‘सरकारले माग सम्बोधन हुनेगरि वार्ताका लागि वातावरण नबनाए सम्म अर्को चरणको वार्ताको औचित्य छैन।’ सरकारी वार्ता टोलीसंग आफ्ना मागका अन्तरवस्तुमा पुगेर वार्ता नभएको भन्दै डा. केसीले यसले सरकार अझै पनि वार्ताका लागि जिम्मेवार र सम्बेदनशिल नरहेको दाबी गरेका छन् ।

सोमवार वार्ता समिति बनेलगत्तै एक चरणको वार्ता भएको थियो भने मंगलवार पुनःअर्को चरणको वार्ता भएको थियो । ‘हाम्रो मागको अन्तरवस्तुमा गएर सार्थक वार्ता हुन सकेको छैन,’ उनले विज्ञप्ती मार्फत भनेका छन् ‘सरकार अँझै पनि वार्ताकालागि जिम्मेवार र संवेदनशिल नभएको तथा हामीले उठाएका एजेण्डाहरु प्रति उदासिन भएको देखिन्छ।’

साथै डा. केसीले वार्तालाई तार्किक निष्कर्षमा पुर्याउन तत्काल शिक्षा विधेयक फिर्ता हुनुपर्ने पहिलो सर्त राखेका छन् । साथै उनले पुर्ण म्यान्डेट सहितको वार्ता टोली पठाउन पनि सरकारलाई आग्रह गरेका छन् । ‘तत्काल वार्तालाई तार्किक निष्कर्षमा पुर्याउनका लागि चिकित्सा शिक्षा विधेकय फिर्ता गरेर पूर्ण म्यान्डेट सहितको वार्ता टोली पठाउन सरकारलाई आग्रहगर्दछौँ,’डा. केसीद्धारा जारी विज्ञप्तीमा भनिएको छ ‘त्यसो भएमात्रै अर्को चरणको वार्तामा बस्न सम्भव हुनेछ ।’

डा. केसी जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १९ दिन देखि अनशनमा छन्।

प्रकाशित: २ श्रावण २०७५ १०:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App