७ वैशाख २०८१ शुक्रबार
अर्थ

५ अंकले घट्यो नेप्से

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घट्ने क्रमले बुधवार पनि  निरन्तरता पाएको छ। १२ सय ४ दशमलव ३१ विन्दुबाट कारोवार सुरुभएकोमा ५ दशमलव ५४ अंकले घटेर ११ सय ९८ दशमलव ७७ कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

मूख्य परिसूचकसंगै कूल कारोवार रकममा पनि कमि आएको छ। सोमवार २० करोड ६० लाख  रुपैयाँको कारोवार भएकोमा आज भने १७ करोड १८ लाख रुपैयाँमा ४ लाख ६४ हजार ८७० कित्ता शेयर कारोवार भएको छ। 'क' वर्गका कम्पनीहरूको कारोवार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव २४ अंकले घटेर २ सय ५२ दशमलव ३८ मा पुगेको छ।

अधिकांश समूहगत सूचक पनि नकारात्मक नै छन्। फाईनान्सको ० दशमलव ७६ अंकले बढेको छ भने होटल समूह स्थिर छ। जीवन विमा समूहको सवैभन्दा धेरै ६७ दशमलव ६५ अंकले गिरावट आएको छ भने निर्जिवन विमा समूहको सूचक ६१ दशमलव ६१ अंकले घटेको छ।  

 

 

प्रकाशित: २ श्रावण २०७५ ०९:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App