चिकित्सा शिक्षा विधेयक जबरजस्ती अघि बढाए सरकार फेल हुन्छ : गगन थापा

बुधबार, ०२ साउन २०७५, १५ : ३७ नागरिक

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वस्वास्थ्य मन्त्री गगन थापाले चिकित्सा क्षेत्रको सुधारको माग गर्दै अनशनरत डा. गोविन्द केसीका प्रतिनिधिसँगको वार्तामा सरकारले एकरती गम्भीरता नदेखाएको बताएका छन्। 

बुधबार प्रेस युनियन केन्द्रीय समिति र हिल होम केयर प्रालिले संयुक्त रुपमा पत्रकारहरुका निम्ति गरेको ‘निःशुल्क स्वास्थ्य परिक्षण’ कार्यक्रममा बोल्दै थापाले डा. केसीका माग पुरा गर्नतर्फ सरकार अग्रसर नभएको आरोप लगाए। ‘डा. केसीसँग वार्ता गर्न भनेर समिति गठन गरिएको छ, सरकारले वार्ताका लागि ठोस पहल गरेको छैन्’, थापाले भने, ‘वार्ताका नाममा डा. केसीलाई काठमाडौंमा ल्याई सैनिक अस्पतालमा भर्ना गर्ने र सदनबाट चिकित्सा शिक्षा विधेयक जबरजस्ती पारित गर्ने धृष्टता सरकारले गरेको छ।’

उनले चिकित्सा क्षेत्रको सुधारको विषय राज्यको पुनर्संरचनाको चरित्रसँग जोडिएको समेत स्पष्ट पारे। सरकारले जबरजस्ती रुपमा विधेयक ल्याएर मुठभेडको अवस्था सृजना गरे संख्याका आधारमा बलियो मानिएको सरकार फेल हुने नेता थापाले चेतावनी दिए। 
थापाले तत्कालिन माओवादीले दुई तिहाइको बलमा संविधान पारित गर्न नहुने आग्रह गर्दा सहमतिबाटै संविधान ल्याएको उल्लेख गर्दै वर्तमान संसदमा भने दुई तिहाईको बलमा स्वास्थ्य शिक्षा ऐन पारित गर्ने प्रयास गर्नु दुर्भाग्यपूर्ण हुने बताए। शिक्षा र स्वास्थ्य मुनाफाको विषय नभएको र यो राज्यको कर्तब्य रहेको थापाले बताए। 

माथेमा आयोगको प्रतिवेदनलाई टेकेर डा. केसीले उठाएका मागलाई कांग्रेसले स्वामित्व ग्रहण गरेकोमा खुशी ब्यक्त गर्दै थापाले विगतमा कांग्रेसको नेतृत्वमा चिकित्सा क्षेत्र र शिक्षा क्षेत्रमा भएका निर्णयमा केही कमीकमजोरी भएको भए त्यसलाई समिक्षा गर्दै सुधारेर जान कांग्रेस तयार हुनुपर्ने बताए।

माथेमा आयोगको प्रतिवेदन र विभिन्न कार्यदलको सिफारिसमा अघिल्लो सरकारले चिकित्सा क्षेत्र सम्वन्धि विद्येयक ल्याएको भन्दै उनले आम जनताका विपक्षमा आउने विद्येयकलाई कुनै हालतमा स्वीकार्न नसकिने जिकिर गरे।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा.सुरेश आचार्यले सरकारले पत्रकारको स्वाथ्यसँग सम्वन्धित विषयमा जिम्मेवारी देखाउनु पर्नेमा जोड दिए। 

नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोख्रेल, नेपाल प्रेस युनियन अध्यक्ष बद्री सिग्देल, डा. प्रकाश पौडेल लगायतले नियमित स्वास्थ्य परिक्षण गराउँदा हुने फाइदाका विषयमा धारणा राखेका थिए। पत्रकारहरुका लागि स्वास्थ्य परीक्षण कार्यक्रमको संयोजन युनियनका महासचिब अजयबाबु शिवाकोटी र केन्द्रीय सदस्य युवराज गौतमले गरेका हुन्। 

कार्यक्रममा दृष्टी आर्इ केयर सेन्टर र नेपाल नेशनल हस्पिटल कलंकीको समेत सहयोगमा भएको कार्यक्रममा पत्रकारिता क्षेत्रमा सक्रिय १ सय ५० बढी पत्रकारहरुले स्वास्थ्य परिक्षण गराएका छन्। कार्यक्रममा आँखा, सुगर, प्रेसर, अक्सिजनको मात्रा लगायतको जाँच गरिएको हो।






यसमा तपाईको मत

अन्य समाचार

बुद्धले राजविराज उडान भर्ने

बुद्धले राजविराज उडान भर्ने

बुद्ध एयरले प्रदेश नम्बर २ को राजविराजमा उडान भर्ने भएको छ । ...

सेञ्चुरी बैंकको सहयोग

सेञ्चुरी बैंकको सहयोग

सेञ्चुरी कमर्सियल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत माधवनारायण स्वस्थानी ब्रत तथा शालिनदी सुधार समितिलाई सहयोग गरेको छ । ...

रिमझिम चोकमा देवः विकास बैंक

रिमझिम चोकमा देवः विकास बैंक

देवः विकास बैंकले बाँकेको खजुरा गाउँपालिका रिमझिम बजारमा शाखा विस्तार गरेको छ । ...

मुक्तिनाथ र रेमिट टू नेपालबीच सहकार्य

मुक्तिनाथ र रेमिट टू नेपालबीच सहकार्य

मुक्तिनाथ विकास बैंक र रेमिट टू नेपालबीच सम्झौता भएको छ । ...

सनराइज–सिर्जना सहमति

सनराइज–सिर्जना सहमति

सनराइज बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने सैद्धान्तिक सहमतिमा हस्ताक्षर भएको छ । ...

युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा रविभक्त श्रेष्ठ

युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा रविभक्त श्रेष्ठ

युनाइटेड इन्स्योरेन्स कम्पनीको सञ्चालक समिति अध्यक्षमा वरिष्ठ उद्यमी रविभक्त श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । उनी हाल यस कम्पनीको संस्थापक...

सिदार्थ बैंकको सहयोगमा आँखा शिविर

सिदार्थ बैंकको सहयोगमा आँखा शिविर

सिदार्थ बैंकले नेपाल आँखा अस्पतालसँग सहकार्य गर्दै संयुक्त रुपमा ६ दिने निःशुल्क आँखा शल्यक्रिया शिविर सम्पन्न गरेको छ । ...

महालक्ष्मी बैंकका ग्राहकलाई चिरायु हस्पिटलमा छुट

महालक्ष्मी बैंकका ग्राहकलाई चिरायु हस्पिटलमा छुट

महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल इन्स्टिच्युट  प्रालिसँग सम्झौता...

Ncell Footer Ad