७ वैशाख २०८१ शुक्रबार
कला

तिमी रुँदा देश रोयो

क्रोएसियाकी राष्ट्रपति कोलिन्दा ग्राबर विश्वकप फाइनलमा आफ्ना खेलाडीलाई अश्रु मिश्रित बधाइ एवं सहानुभूति दिंदै । क्रोएसिया विरुद्ध फ्रान्सले ४-२ गोलले उपाधी जित्यो।

तिमी हाँस्दै थियौ
तिमी रोयौ
खेलाडी हारेर रोए
महामहिम सम्हालिनै सकिनन
उनि पनि रोइन
जनतालाई कस्तो भयो होला
जनता पनि रोए
देश पनि रोयो
तिम्रो कस्तो विशाल छाती
रुँदै रुँदै अंकमाल गर्यौ
रुँदै रुँदै आँसु पुछिदियौ
रुँदै रुँदै हौसला दियौ
रुँदै रुँदै प्रेरणा दियौ
आफै भक्कानियर रोयौ
फेरि सम्हालियौ र,
अंगालो मारेर हारको साझेदारी
अंगालोबाटै साटासाट गर्यौ
मन हलुका भयो भन्ठानेको त
तैपनि फेरी रोयौ
फेरी हाँस्यौ
तिमी रुँदा देश रोयो ।
तिमी रुँदा देश रोयो ।
———१———
कस्तो कमलो मन
त्यस्तो मन पनि हुँदो रै’ छ
महामहिम राष्ट्रपतिको
जनताको मन अझै कस्तो भयो होला
फुटवल हेर्दै थियौ
हाँस्दै थियौ
कत्ती खुसी थियौ
जनता कत्ती खुसी थिए
गोल खादा खिन्न भयौ
गोल हान्दा हाँस्यौ,
तैपनि आँखा झिम्म नगरि
हेरी रह्यौ, हेरी रह्यौ
जीत पक्का हुन्छ कि भनेर
उठेर ताली बजाउदै
हौसला दिईरह्यौ, हौसला दिई रह्यौ।
————२————
खेल हार्न मन कसलाई हुन्छ र
तैपनि हार्दा मन कस्तो भयो होला
महामहिम त सम्हालिन सकिनन
जनता के सम्हालिय होलान
खेलाडीको त कुरो भएन
महामहिम त रोइन
देश किन नरोओस
जनता किन नरोहुन
तैपनि कस्तो मन दर्हो पारेर
रुँदै रुँदै प्रिय खेलाडीको
आँसु पुछिदिईन
त्यो अगाध मायाले खेलाडी
रुन बिर्से आफै सम्हालिय
कस्तो कमलो मन महामहिमको
तिम्रो जस्तो मन सबैको भए
देश कस्तो होला,
देश कस्तो होला,
तिमी हाँस्दा देश हाँस्यो
तिमी हाँस्दा देश हाँस्यो
तिमी रुँदा देश रोयो ।
तिमी रुँदा देश रोयो ।
———३—————
नागार्जुन-१०, काठमाडौ

प्रकाशित: २ श्रावण २०७५ ०९:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App