coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

आंशिक रूपमा उठ्दै काठमाडौंको फोहोर

काठमाडौं– राजधानीको फोहोर आंशिक रुपमा उठ्न थालेको छ। उपत्यकाको फोहोर बिसर्जन गर्ने सिसडोल ल्याण्डफिल साइट भरिंदै गएको र त्यहाँ पुग्ने बाटो भत्किएका कारण फोहोर बोकेका ट्रक बाटोमै रोकिएका थिए भने सहरको फोहोर पनि उठ्न सकिरहेको थिएन।

काठमाडौं महानगरपालिकाले बाटोको कामचलाउ मर्मत गर्दै आँशिक रूपमा फोहोर ल्याण्डफिल साइट पु-याइरहेको जनाएको छ। महानगरका सूचना अधिकारी बसन्त आचार्यका अनुसार नियमित भन्दा एकतिहाई मात्र फोहोर व्यवस्थापन गर्न सकिएको छ। ‘तीन ट्रिप पुग्नुपर्ने समयमा एक ट्रिममात्र फोहोर सिसडोल पु-याउन सकेको छौं’, उनले भने। पानी पर्न रोकिएमा सडक केही सहज बन्ने र सबै फोहोर सिसडोल पु-याउन सकिने उनले बताए। 

काठमाडौ उपत्यकामा दैनिक करिब ११ सय मेट्रिक टन फोहोर निस्कन्छ। महानगरभित्र मात्रै ५सय ५० मेट्रिक टन फोहोर निस्कन्छ।

प्रकाशित: २ श्रावण २०७५ ०९:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App