८ वैशाख २०८१ शनिबार
समाज

पहिराेले बस पुर्याे, सडक अवरुद्ध

बस पुरिएको पहिरो ।

रोल्पा - दाङको घोराहीबाट रोल्पा हुदै रुकुम चुनवाङका लागि छुटेको ना४ख ५०६० नम्बरको बस मंगलबार रातिकाे पहिरोले पुरिएको छ । परिवर्तन गाउँपालिका चप्कामा माथिबाट खसेको पहिरोले बस पुरिएको हो । माथिबाट पहिरो आउन थालेपछि यात्रु र चालकहरु बसबाट निस्किएकाले कुनै मानवीय क्षति भने भएन।

‘बस पहिरोले पुरिएको छ । पहिरो आउने क्रम रोकिएको छैन । स्काभेटर पठाएको तर पहिरो नरोकिएकाले पन्छाउन सकिएको छैन ।’ रोल्पा प्रहरी प्रमुख ज्ञानेन्द्र फुयालले बताए । अहिले पनि सडकमाथि करिव तीनसय मिटरदेखि पहिरो खसिरहेको छ । स्थानियका अनुसार जमिन समेत फाटेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुदर्शन पन्थीले भने ‘थप क्षति हुन नदिन उच्च सुरक्षा सर्तकता अपनाइएको छ।’

पहिरो खसेपछि सहिद मार्ग अन्तर्गत ओबाङ–बागमारा, थबाङ र रुकुम चुनवाङ सडक अवरुद्ध भएको छ । यात्रुहरु बीच बाटोमै अलपत्र परेका छन् । पहिरोले सो ठाउँको सडक नै भत्काईदिएको स्थानियले बताएका छन।

प्रकाशित: २ श्रावण २०७५ ०८:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App