coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

क्रिकेटर शक्ति गौचनले गरे सन्यासको घोषणा

काठमाडौं - क्रिकेटर शक्ति गौचनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासकाे घोषणा गरेका छन्। ३४ वर्षीय गाैचन नेपाली राष्ट्रिय क्रिकेट टाेलीका एक महत्वपूर्ण सदस्य हुन्।

गाैचनले इङ्ल्याण्डको लर्डसमा नेदरल्याण्डस्विरुद्ध हुने पहिलो एकदिवसीय प्रतियाेगिता अाफ्नाे जिवनकाे अन्तिम  अन्तर्राष्ट्रिय खेल हुने बताए।

नेदरल्याण्डसँगको खेलबाट सन्यास लिने उपयुक्त समय भएको भन्दै सन्यासको घोषणा गरेका हुन्। लड्समा हुने खेलको लागि आयोजना गरिएको विदाई कार्यक्रममा शक्तिले यस्तो घोषणा गरेका हुन्। लड्सबाट फर्किएपछि नेपालमै एउटा खेल खेलेर सन्यास लिने उनले बताए। शक्तिको बिदाई गर्न घरेलु मैदानमा विशेष खेलको आयोजना गरिनेछ।

'एक दिवसीय मान्यता दिलाए सन्यास लिन पाउनु मोरोलागी सुखद अवसर हो', उनले भने 'अबका पीँढिले टेस्टम्याच खेलेर विदा लिन पाउनु भन्ने लागेको छ।'

सन् २००२ मा सिंगापुरमा भएको एसीसी ट्रफीमा सिनियर टोलीमा डेब्यू गरेका शक्ति ब्याटिङमा पनि पोख्त खेलाडीको रुपमा चिनिन्छन्। उनले इटालीविरुद्ध २००५ मा भएको विश्वकप छनोटमा १०६ रन बनाएका थिए। शक्ति अन्तर्राष्ट्रिय क्रिकेटमा ह्याट्रिक लिने पहिलो खेलाडी पनि हुन। 

त्यसअघि उनले सन् २००१ मा अन्डर –१७ बाट क्रिकेट करियर सुरु गरेका थिए।  शक्तिले २००२ मा उनले न्युजिल्याण्डमा भएकाे अन्डर नाइन्टिन विश्वकप खेलेका थिए। 

शक्तिले राष्ट्रिय टोलीबाट खेल्दा सधै उच्च खेल प्रदर्शन गर्दै आएका छन्। उनी नेपालले पाएका हरेक सफलताका प्रतिक हुन्। पछिल्लो समय शक्तिको स्थान युवा लेग स्पिनर सन्दिप लामिछानेले लिदै आएका छन्। 

शक्तिको जन्म सन् १९८४ अप्रिल २२ मा रुपन्देहीमा भएको थियो। रुपन्देहीमा जन्मिएपनि शक्तिले क्रिकेटको सुरुवात भारतको कोलकाताबाट गरेका थिए। शक्तिले कोलकातामा बुवासँग बस्दा क्रिकेट सिकेका हुन्। 

 

 

 

प्रकाशित: २ श्रावण २०७५ ०९:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App