coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

गुफाबाट उद्धार गरिएका थाई बालक घर फर्किदै

तस्बिर : एजेन्सी

बैंकक -  गुफाबाट उद्धार गरेर अस्पतालमा भर्ना गरिएका थाइल्याण्डका १२ जना बालक र उनीहरूका प्रशिक्षक बुधबार नै घर फर्किने भएका छन्।

करिब एक साता अगाडि  तीन दिन लगाएर उद्धार गरी अस्पतालमा राखिएका उनीहरुलाई बिहीबार घर फर्काइने बताइएकाे थियाे।बालकहरूलार्इ स्वास्थ्य परीक्षणका लागि अस्पतालमा राखिएको थियो । उनीहरुको स्वास्थ्य राम्रो भएकोले बुधबारै घर फर्किन दिइएको एजेन्सीहरूमा उल्लेख गरिएकाे छ।

 उनीहरूलार्इ पहिलाे पटक  सञ्चारमाध्यमसँग कुराकानी गर्न पनि दिइएकाे छ ।यसअघि उनीहरूलाई बिहीबार मात्र अस्पतालबाट बिदा गरेर घर फर्काइने भनिएकोमा उनीहरुको स्वास्थ्य राम्रो भएकोले बुधबारै घर जान दिइएको अस्पतालले जनाएको छ ।

करिब दुई हप्तासम्म गुफामै थुनिएर रहेका उनीहरूलाई तर्सिने, एकान्तमा बस्न चाहने तथा बेला बेलामा झस्किने जस्ता मानसिक समस्या देखिएको थियो ।स्वास्थ्य उपचार सम्पूर्णरूपबाट पूरा भएपछि उनीहरूलाई अस्पतालले बुधबार एक भव्य समाराेहकाबीच बिदार्इ गर्न लागेकाे अस्पताल प्रशासनले बतााएकाे छ । उद्धार गरिएका सबैलाई मनोवैज्ञानिक परामर्शसमेत गरिएको छ।

थाइल्याण्डको उत्तरी क्षेत्रमा रहेको गुफामा उनीहरू झण्डै दुई हप्ताभन्दा बढी समय थुनिएका थिए । घुम्न गएका बेला बाढी आएर गत जुलाई २३ मा गुफामा फसेपछि उनीहरूबारे नवौँ दिनमा मात्रै पत्ता लागेको थिए ।उनीहरूलाई गुफाबाट बाहिर निकाल्नमा अन्तर्राष्ट्रिय गोताखोर, उद्धारको क्षेत्रमा कार्यरत विज्ञलाई  समेत परिचालन गरिएको थियो।

प्रकाशित: २ श्रावण २०७५ ०७:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App