coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

धरानमा दुई दिन विदा

धरान – मेयर तारा सुब्बाको मंगलबार असामयिक निधन भएपछि धरान नगर कार्यपालिकाको आकस्मिक बैठकले शोक प्रस्ताव पारित गरेको छ।

मंगलबार उपमहानगरपालिकामा बसेको आकस्मिक बैठकले शोक प्रस्ताव पारित गर्नुका साथै दुई दिन धरानमा सावर्जनिक विदा दिने निर्णय पनि गरेको छ। वरिष्ठ प्रशासकीय अधिकृत खगेन्द्र खतिवडाका अनुसार अन्त्येष्टी गरिने दिन र त्यसको भोलीपल्ट गरी दुई दिन धरानमा विदा दिने निर्णय नगर कार्यपालिका बैठकले गरेको हो।

‘बैठकले नगर कार्यपालिका, धरानबासी, सम्पूर्ण संघसंस्थाहरुको तर्फबाट शोक प्रस्ताव पारित गर्यो। त्यसैगरी अन्त्येष्टी र त्यसको भोलीपल्ट २ दिन सम्पूर्ण कार्यलयहरूमा विदा दिइने निर्णय पनि गरेको छ,’उनले भने।

यस्तै, सोही बैठकले धरान सरकार मातहतका सम्पूर्ण सरकारी कार्यालयहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ। साथै, मेयर सुब्बाको पार्थिव शरीरको अन्त्येष्टी र श्रद्धाञ्जली सभाको सम्पूर्ण व्यवस्थापन उपमहानगरपालिकाले गर्ने पनि वैठकले निर्णय गरेको खतिवडाले जानकारी दिए।

प्रकाशित: २ श्रावण २०७५ ०६:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App