coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

क्रोएसियाली टिमको भव्य स्वागत

जागरेब – अन्तर्राष्ट्रिय फुटबलको छोटो इतिहासमै विश्वकपको फाइलनमा स्थान बनाएको क्रोएसियाली टोलीलाई समर्थकले सोमबार राजधानी जागरेबबमा भव्य स्वागत गरेका छन्।

फाइलनमा फ्रान्ससँग पराजित भए पनि हजारौं क्रोएसियाली समर्थककले कोठे जर्सी र झन्डा फरहराउँदै टोलीको भव्य स्वागत गरे । जगरेबमा क्रोएसियाली राष्ट्रिय टोलीको स्वागतमा जम्मा भएको जनसागर अहिले सम्मकै ठूलो थियो ।
सर्मथकलाई अभिवादन र अटोग्राफ प्रदान गर्दै टोलीले करिब एक घण्टा खुला बसमा राजधानी परिक्रममा गरेको थियो।

राजधानी जागरेबको केन्द्रमा २ लाख ५० हजार भन्दा बढि समर्थक उपविजेता टोलीलाई साथ दिन उपस्थित भएको स्थानीय पुलिसले जानकारी दियो । उनीहरुको भीडले नगर परिक्रमामा खेलाडीलाई निकै व्यस्त बनाएको थियो।
धन्यबाद क्रोएसिया, धन्यवाद राजधानीबासी, उत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल हात पारेका कप्तान लुका मोडरिचले भने । मिडफिल्डर इभान राकिटिचले भने, खुसी व्यक्त गर्ने कुनै पनि शब्द छैन।

मध्य शहरमा आयोजना भएको कार्यक्रममा राष्ट्रिय गानको ठूूलो स्वरसँगै हजारौं समर्थकमाझ उनीहरुले खुसी साटेका थिए । सँगै थोप्सन ब्यान्डका गायक मार्को पेर्कोभिचले केही गीत गाएर साँझलाई थप रोमाञ्चक बनाएका थिए।

देशको अन्य ठाँउबाट आएका हजारौं समर्थक राधानीमा एक हुँदै खेलाडीको भव्य स्वागतका लागि विभिन्न ठाँउमा कुरिरहेका थिए । बिहानबाट स्वागतका लागि कुरिरहेका समर्थकको स्वास्थलाई ध्यान दिँदै प्राथमिक उपचारको व्यवस्था गरिएको थियो । ठूलो संख्यामा उपस्थित भएका समर्थकका लागि शहर प्राधिकरणले पानीको ट्याङकर पनि व्यवस्था गरेको थियो।

उपस्थित दर्शकले कारको हर्न बजाएर हात हल्लाउँदै र ठूलो स्वरमा विमास्थलबाट विस्तारै शहर निस्कन लागेको टोलीलाई साथ दिएका थिए । उनीहरुले ब्राभो ब्राभोु नारा लगाएका थिए । साथै समर्थकले देशको शान बढाएको भन्दै उनीहरुसँग खुसी साटेका थिए।

विमास्थलबाट निस्किएको बसलाई कोही सर्मथकले साइकल त कसैले पैदलै साथ दिएका थिए । विभिन्न ठाँउमा खेलाडीको फोटो राखिएको थियो भने जम्मा भएका दर्शकले सोही ठाँउबाट उनीहरुसँग खुसी साटेका थिए । पहिलो पटक फाइलनमा प्रवेश गरेको क्रोएसिया रजत पदक जित्दै स्वदेश फर्किएपछि राजधानी जागरेब साँच्चिकै हेर्न लायक बनेको थियो । राकेटिचले इन्स्टाग्रामा थोम्सन ब्यान्डका गायकसँग खुला बसको माथि बसेको फोटो पोस्ट गर्दै क्रोएसिया सफल भएको बताएका थिए।

यस अघि रुसमा सम्पन्न प्रतियोगितामा सहभागि भएको टोली विमास्थल ओर्लिदा च्याम्पियन, च्याम्पियन स्वरले विमानस्थल पूरै गुज्जयमान भएको थियो । ४० लाख देशबासीले इङ्ल्यान्डलाई पराजित गर्दै फाइलन प्रवेश गर्दा खुसी मनाएका थिए । तर क्रोएसियाले फाइलनमा आइतबार ४–२ ले पराजित हुँदै उपविजेतामा चित्त बुझाएको थियो।

क्रोएसियाको खेल जगतमा प्राप्त गरेको सबै भन्दा ठूलो सफलताले देशको गौरब र एकता बढाएको छ। युगोस्लोभाकियाबाट १९९० मा छुट्टिएर क्रोएसिया स्वतन्त्र भएको थियो । नयाँ देशको अस्तित्व पाएयता क्रोएसियाले खेलकुदमा हासिल गरेको यो सबभन्दा ठूलो सफलता हो ।

युरोपियन युनियनको सदस्य क्रोएसियाको आर्थिक स्थिति अहिले कमजोर भएकाले जनता उज्जवल भविष्य अन्यत्र खोजिरहेका छन् । कहाँ बाट सुरुआत गरौैं,’ राष्ट्रपति कोलिन्दा ग्राबार–किटआरोभिचले भनिन्, यो सफलतासँगै देशको आर्थिक बृद्धिदर बढ्नेछ र रोजगारीको अवसर हुनेछन् । बाहिरिएका युवाहरु स्वदेश फर्किनेछन । म निकै खुसी छु फुटबल टिमबाट मात्र होइन, देशबाट पनि खुसी छु।

राजधानी पुग्न क्रोएसियन रेलवेले जागरेबवाहिरका समर्थकका लागि सोमबार टिकटमा ५० प्रतिशत छुट प्रदान गरेको थियो भने शहर प्राधिकरणले सार्वजनिक यातायातमा कुनै शुल्क नलाग्ने व्यवस्था गरेको थियो । विश्वकपमा सहभागि भइ स्वदेश फर्किएका खेलाडीलाई सञ्चार माध्यमले ऐतिहासिक सफलता दिलाएको भन्दै देशका नायकुको उपमासहित सम्मान दिएका थिए।

 

प्रकाशित: २ श्रावण २०७५ ०४:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App