८ वैशाख २०८१ शनिबार
खेल

काहिलको संन्यास

सिड्नी – चौंथो पटक विश्वकपमा सहभागिता जनाएका अस्ट्रेलियाका ३८ वर्षे स्ट्राइकर टिम काहिलले मंगलबार अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन्।

काहिलले ट्विटरबाट सन्यासको घोषणा गरेका हुन् । औपचारिक रुपमा आजबाट मैलै अन्तर्राष्ट्रिय खेलका लागि बुट थन्क्याएको छु । देशका लागि लामो समय खेल्न पाएकोमा खुसी व्यक्त गर्ने मसँग कुनै शब्द छैन।

एर्भटनका पूर्व स्टार काहिल अस्ट्रेलियाका लागि लगातार चार विश्वकपमा सहभागिता जनाउने पहिलो खेलाडी हुन् । रुस विश्वकपमा समूह चरणमा पेरुविरुद्ध पराजित हुँदा उनी पहिलो रोजाइमा थिएनन् । उक्त खेलमा पेरु २–० ले विजयी भएको थियो।

अस्ट्रेलियाका लागि काहिलले १ सय ७ खेलमा सर्बाधिक ५० गोल गरेका छन् । काहिलले २००४ मा दक्षिण अफ्रिका विरुद्धको खेलमार्फत राष्ट्रिय टोलीबाट डेब्यू गरेका थिए । विश्वकपमा उनले ५ गोल गरेका छन्।

 

प्रकाशित: २ श्रावण २०७५ ०४:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App