७ वैशाख २०८१ शुक्रबार
समाज

गोरखामा पहिरोले घर पुरिँदा बालकसहित तीनको मृत्यु

गोरखा – गोरखाको सहिदलखन गाउँपालिका–६ अधेँरीमा पहिरोले घर पुरिँदा आठ महिने बालकसहित तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा २१ वर्षीया सरु कुँवर, उनका आठ वर्षीया छोरा र उनकी १० वर्षीया भाञ्जी प्रविना कुँवर रहेका छन्।

घर माथीबाट आएको पहिरोमा पुरिएर उनीहरुको मृत्यु भएको स्थानीय दिपक कुँवरले बताए। अन्य सात घर पनि पहिरोको उच्च जोखिममा रहेको कुँवरले बताएका छन्।

घटनस्थलतर्फ प्रहरी गइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी बिमल बस्नेतले बताए। उनले गएरातिदेखि परेको भारि वर्षाले गोरखाका विभिन्न ग्रामीण सडकसमेत अवरुद्ध भएको जानकारी दिए।

प्रकाशित: २ श्रावण २०७५ ०४:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App