८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

ब्यापक आलोचना पश्चात् ट्रम्पले दिए स्पष्टीकरण

फाइल फाेटाे : एजेन्सी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाकाे राष्ट्रपति निर्वाचनमा रुसी हस्तक्षेपबारे एक दिनअघि आफैँले दिएको अभिव्यक्ति फेरेका छन्।

सन् २०१६ को अमेरिकी राष्ट्रपति चुनावमा रुसी हस्तक्षेप नभएको अभिव्यक्तिको ब्यापक रूपमा आलोचना भएपछि उनले चुनावमा रूसी हस्तक्षेप रहेको भन्ने अमेरिकी जासूसी संस्थाहरुको दावीलाई मात्रै बताएका हुन् ।उनले रुसले हस्तक्षेप नगर्ने कुनै कारण नभएको भनी’ बयान फेरेका हुन्।

अमेरिकामा सन् २०१६ मा भएको राष्ट्रपतीय निर्वाचनमा रुसको हस्तक्षेप रहेको भन्ने विषयलाई रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको शिखर बैठकमा अस्वीकार गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चौतर्फी आलोचना भएको थियो।

फिनल्यान्डको हेल्सिन्कीमा सोमबार रुसी राष्ट्रपति पुटिनसँग भएको शिखर बैठकमा ट्रम्पले अमेरिकी गुप्तचर निकायको रिपोर्टविरुद्ध गएर अमेरिकी राष्ट्रपतीय निर्वाचनमा हस्तक्षेप गर्न रुसलाई केही कारण नभएको बताएका थिए।

अमेरिकी संसदका उच्च रिपब्लिकन सांसद एवं सभामुख पल रायनले रुस हाम्रो गठबन्धन हैन भनेर ट्रम्पले बुझ्न जरुरी रहेको प्रतिक्रिया समेत दिइसकेका छन्। रूसी राष्ट्रपति पुटिनसँग सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा रुसी संलग्नता नभएको बताएका ट्रम्पको आफ्नै गुप्तचर निकायका प्रमुखले समेत ट्रम्पको सार्वजनिक रूपमै आलोचना गरेको एजेन्सीहरूले उल्लेख गरेका थिए।

‘अमेरिकी प्रजातन्त्रलाई कमजोर पार्ने हाल भइरहेको प्रयासमा रुस जिम्मेवार रहेको छ,’ राष्ट्रिय गुप्तचरका निकायले जारी गरेको विज्ञप्तिमा भनिएको थियो।

प्रकाशित: २ श्रावण २०७५ ०३:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App