दक्षिण एसियाली कला कार्यशाला सम्पन्न

बुधबार, ०२ साउन २०७५, ०८ : ४३ नागरिक

काठमाडौं– पाँच दिन चलेको साउथ एसियन इन्टरनेसनल–२०१८ आर्ट क्याम्प कला प्रदर्शनीसँगै सोमबार सकिएको छ ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा भएको क्याम्पमा सिर्जित कलाकृति नेपाल कला परिषद्मा प्रदर्शन गरिएसँगै सकिएको हो । क्याम्पको समापन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले एक समारोहबीच गरेका थिए ।मन्त्री ज्ञवालीले  दक्षिण एसिया सामाजिक सांस्कृतिक र कलात्मक दृष्टिले धनी रहेको उल्लेख गरे।

कलाकारहरुको सिर्जनाले भावी पुस्तालाई समेत प्रेरणा प्रदान दिनेछ भन्दै उनले भने सरकार कलात्मक सम्पदाहरुको  प्रवद्र्धन  गर्न नीतिगत तथा संस्थागत रुपमा नै लाग्ने जनाए ।  तीन वटा प्रज्ञा–प्रतिष्ठानहरु गाभ्ने निर्णयमा सरकारले पुनःविचार गर्ने र प्रतिष्ठानहरुको छुट्टाछुट्टै अस्तित्व रहने आश्वासनसमेत उनले दिए।

प्रतिष्ठानका कुलपति रागिनी उपाध्यायले  खुला संग्रहालयको रुपमा रहेको नेपालमा भएको क्याम्प र प्रदर्शनीले दक्षिण एसियाली देशहरुबीचको सम्बन्ध प्रगाढ बनाउनेमा जोड दिए ।सदस्य–सचिव नवराज भट्टले यस्तो कला अन्य वर्षमा समेत क्यामप निरन्तर रहने दाबी गरे ।

पहिलो साउथ एसियन अन्तर्राष्ट्रिय कार्यक्रमको समुद्घाटन यही मिती कार्यशालमा दक्षिण एसियाली मुलुकका ६८ जना कलाकारहरुले क्यानभासमा कला कोरेका थिए । काठमाडौं र पोखरामा गरी दुई चरणमा कार्यशाला भएको थियो । कार्याशालामा कोरिएका  ९० वटा कलाकृति प्रदर्शनीमा राखिएको थियो ।

 







यसमा तपाईको मत

अन्य समाचार

एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार वितरण

एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार वितरण

एनसेल प्राईभेट लिमिटेडले हाल संचालनमा रहेको आफ्नो ‘एनसेल सुपर सेलर’ योजना अन्तर्गत काठमाडौं र ललितपुर जिल्लाका पहिलो १४ पोइन्ट अफ...

१९७४ एडीको "निरन्तरता" (भिडियो)

१९७४ एडीको "निरन्तरता" (भिडियो)

सांगीतिक रक ब्याण्ड १९७४ एडीका पुराना सदस्यहरु रियुनाइटेड भए लगतै सांगीतिक कार्यक्रममा जुटिरहेको छ। ...

यस्तो छ दराज ११.११ सेलको फाइदा

यस्तो छ दराज ११.११ सेलको फाइदा

नेपालको अनलाइन शपिङ साइट दराजले संसारकै सबै भन्दा ठुलो सेल डे ११.११ सेल (एकदिनकोसेल) यहि कार्तिक २५ गते, नोभेम्बर ११...

साओमीको सर्भिस सेन्टर थपिए

साओमीको सर्भिस सेन्टर थपिए

साओमीले नेपालका लागि थप आधिकारिक सर्भिस सेन्टर घोषणा गरेको छ । ...

सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण

सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण

नेपाल विज्ञापन संघ (आन) को आयोजना र सामाजिक सुरक्षा कोषको प्राविधिक सहयोगमा ‘सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण कार्यक्रम’ सम्पन्न भएको छ...

जनता बैंकको सहयोग

जनता बैंकको सहयोग

जनता बैंक नेपालले क्याम्पसलाई सहयोग गरेको छ । ...

एआई अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

एआई अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

ब्रिटिस कलेजले इन्स्टिच्युट अफ इन्जिनियरिङ (आइओई), पुल्चोक क्याम्पस र इन्स्टिच्युट अफ इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियर्सकोे साझेदारीमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अन्तर्राष्ट्रिय...

एएमडीले ल्यायो सबैभन्दा शक्तिशाली डेस्कटप प्रोसेसर

एएमडीले ल्यायो सबैभन्दा शक्तिशाली डेस्कटप प्रोसेसर

प्रोसेसरको दौडमा इन्टेल पछि पर्दै ! ...

Ncell Footer Ad