४ वैशाख २०८१ मंगलबार
कला

‘मलाई कुनै पदवी चाहिन्न’

काठमाडौं– केही दिन अघि प्रकाशित एउटा स्मारिकामा रेखाले एउटा लेखमार्फत एक दुई फिल्म हिट भएको भरमा पत्रकारले कलाकारलाई मेगास्टारको पदवी दिएकोमा गुनासो गरेकी थिइन्।

उनको सो लेख र अभिव्यक्ति विवादित बन्यो । धेरैले अनुमान गरे रेखाको अभिव्यक्ति  अनमोल केसीप्रति लक्षित छ । तर मंगलबार रेखाले आफैंले निर्माण तथा निर्देशन गरेको फिल्म ‘मालिका’को गीत सार्वजनिक कार्यक्रममा आफ्नो भनाइ कुनै एक व्यक्तिप्रति नभई समग्र प्रवृत्तिप्रति रहेको स्पष्टीकरण दिइन् । उनले आफू कुनै पदवी वा उपाधिबिनै यहाँसम्म आइपुगेकाले अब पनि कुनै उपाधि नचाहिने बताइन्।

‘मेरो आशय नामको पछाडि पद चाहियो भन्ने थिएन तर यसलाई गलत अर्थमा लिइयो,’ उनले कार्यक्रममा भनिन्, ‘रेखा थापालाई कुनै पद चाहिँदैन । म त त्यसै पनि सबैको प्रिय मान्छे हो । म न स्टार हुँ, न मेगास्टार, न महानायिक नै । मभित्र नायक छ । म असल मान्छे हुँ र असल कलाकार मात्रै हुँ । त्योभन्दा बढी मलाई केही कुराले सम्बोधन गर्नुपर्दैन । मलाई दर्शकले सम्बोधन गरिदिए पुग्छ।’

कार्यक्रममा रेखाले जानेरनजानेर महिला सशक्तीकरणका लागि फिल्म बताइरहेको बताउँदै ‘मालिका’ त्यसको नयाँ संस्करण भएका बताइन् ।‘मैले जहिले पनि महिलालाई केन्द्रमा राखेर फिल्म बनाएँ । तर म मान्छु ती सबै फिल्म आफैंमा पूर्ण थिएनन् । मालिका तिनै अपूर्णतालाई पूर्णता दिने प्रयास हो,’ उनले भनिन्, ‘यसको मतलब यो फिल्म पूर्ण छ भन्ने होइन । यसमा पनि कमीकमजोरी होलान् तर यो यात्रा पूर्णतातिरकै हो।’

कार्यक्रममा फिल्मको कुराभन्दा महिला सशक्तीकरण र सामाजिक जिम्मेवारीका बारेमा लामो समय बोलेकी रेखाले पत्रकारले संयमित भएर समाचार नलेख्दा विकृति आएको बताएकी थिइन् । आशलाग्दा कलाकारलाई आवश्यकताभन्दा धेरै फुक्र्याउनु उनीहरूको भविष्यका लागि हानिकारक हुने उनको तर्क थियो । ‘नर्सरी क्लास नै नपढेको मानिसलाई एसएलसी पास भइसकिस् भन्ने खालको प्रशंसा गर्नु कतिको उपयुक्त होला ?’ उनको प्रश्न थियो । अहिले सम्भावना देखाएका कलाकारप्रति आफूले ईष्र्या नगरेको पनि उनको दाबी थियो । 

‘नयाँ आउने कलाकारलाई प्रोत्साहन गर्नुपर्छ तर  यसको पनि सीमा हुन्छ,’ उनले कार्यक्रममा भनिन्, ‘हामीले जसलाई आशालाग्दो कलाकार मानिरहेका छौं उनीहरूलाई ग्रो हुन दिनुप¥यो । अगाडि बढ्न दिनुपर्यो । एकैचोटी क्राउन लगाइदिएर थेग्न नसक्ने बनाउनु राम्रो होइन ।’मंगलबार सार्वजनिक भएको गीतमा अन्जु पन्तको स्वर रहेको छ भने संगीत सुरेश अधिकारीको हो । जाजरकोट दरबारलाई पृष्ठभूमि बनाइ खिचेको गीतलाई रामजी लामिछानेले कोरियोग्राफ गरेका हुन् भने गीतको छायांकन रामशरण उप्रेतीले गरेका हुन् । फिल्म तिहारको लक्ष्मीपूजामा रिलिज हुनेछ।
 

प्रकाशित: २ श्रावण २०७५ ०२:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App