बजेटमा बेथिति

असारमा ४२ प्रतिशत खर्च, दुई अर्ब फ्रिज

बुधबार, ०२ साउन २०७५, ०७ : ३१ रेखा भुसाल

बुटवल - रुपन्देहीमा आर्थिक  वर्षको अन्त्यमा आएर ठूलो रकम खर्च  गर्ने प्रवृत्ति यो वर्ष पनि रोकिएन । विकासे अड्डाहरुलाई असारमा पुँजीगत बजेट सक्न भ्याइनभ्याइ भयो । जिल्लामा पुँजीगत बजेटको झन्डै ४२ प्रतिशत रकम असार महिनामा मात्रै खर्च भएको छ।

कोष तथा लेखा नियन्त्रण कार्यालय भैरहवाका अनुसार आर्थिक वर्ष २०७४-७५ मा ६ अर्ब ८१ करोड एक लाख ४० हजार पुँजीगत बजेट खर्च भएको छ । जसमध्ये दुई अर्ब ८० करोड ४७ लाख रुपैयाँ असार महिनामा मात्रै खर्च भएको रुपन्देहीका प्रमुख कोष नियन्त्रक मतिप्रसाद भुसालले बताए।

‘विभिन्न कार्यालयहरुले लक्ष्य पूरा गर्नुपर्ने हुँदा पैसा किन फिर्ता जान दिने भन्ने मनसायले हतारमा बजेट सक्ने गरेको पाइयो,’ प्रमुख कोष नियन्त्रक भुसालले भने । उनका अनुसार विशेषगरी स्थानीय तहमा यस्तो प्रवृत्ति हरेक वर्ष बढ्दै गएको  छ । केही कार्यालयमा भने बजेट निकासा समयमा नहुँदा असारमै खर्च गर्नुपर्ने बाध्यता रहेको पनि उनले बताए । असारे विकासलाई रोक्न बजेटको अख्तियारी र निकासा तोकिएको समयमा हुनुपर्ने बताउँछन्् सिँचाइका डिभिजन प्रमुख ध्रुव पौडेल।

विनियोजित बजेटको ठूलो हिसा असारमा खर्च गर्ने कार्यालयहरुमा किसानका लागि उन्नत बिउबिजन कार्यालय, सडक डिभिजन, लुम्बिनी परिक्रमा बर्दघाट त्रिवेणी सडक, खानेपानी तथा सरसफाइ डिभिजन, सहरी विकास तथा भवन निर्माण लगायत कार्यालय र  स्थानीय तहहरु छन् । जनताका लागि उन्नत बिउबिजन कार्यालयले कुल ८५ करोड ४४ लाखमध्ये असारमा मात्रै २१ करोड १२ लाख खर्च गरेको छ।

चालु खर्चतर्फ हालको शिक्षा विकास तथा समन्वय एकाइले विनियोजित १६ करोड ७८ लाखमध्ये असारमा १३ करोड १४ लाख खर्च गरेको छ । सडक डिभिजनले पँुजीगतको दुई अर्ब ५१ करोडमध्ये एक अर्ब ३० करोड, लुम्बिनी परिक्रमा सडकले ५६ करोड ५७ लाखमध्ये असारमा २८ करोड २७ लाख खर्च गरेका छन् । पश्चिमाञ्चल सिँचाइको २८ करोडमध्ये १२ करोड ९२ लाख, खानेपानीको २५ करोडमा १० करोड असारमा खर्च गरेका छन् । सहरी विकासले ५० करोड रुपैयाँ असारमा खर्चेको छ।

स्थानीय तह र प्रदेश सरकारका विभिन्न मन्त्रालयले पनि असारे खर्च धेरै गरेका छन् । प्रदेश सरकारका ६ मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, मुख्य न्यायधिवक्ताको कार्यालय र प्रदेश व्यवस्थापिका सचिवालयले चालुतर्फ असारमा सात करोड ४५ लाख र पुँजीगततर्फ तीन करोड ४५ लाख रुपैयाँ असारमा खर्च गरेका छन्।

विकास बजेटको पूर्ण रुपमा सदुपयोग गर्न नसकेका कार्यालयहरुले नै असारे खर्च बढी गरेका छन् । प्रमुख कोष नियन्त्रक भुसालले पुँजीगतसँगै चालुतर्फको रकम पनि असारमा सिध्याउने परिपाटीले बजेटको दुरुपयोग अझ बढ्न सक्ने चिन्ता व्यक्त गरे । सम्बन्धित सरकारी कार्यालयको लापरबाही र व्यवस्थापकीय तथा नीति नियमको कमजोरीका कारण असारे खर्चको दर बर्सेनि बढेको भुसालको ठहर छ ।

सिँचाइ विकास डिभिजनका प्रमुख ध्रुव पौडेलले आफ्नो कार्यालयले दोस्रो चौमासिकमै पाउनु पर्ने निकासा रकम अर्थले असार २८ पछि मात्रै पठाइदिएको उदाहरण दिँदै केन्द्रबाटै व्यवस्थापकीय र नीतिगत सुधार हुनुपर्ने बताए ।

दुई अर्ब बजेट फ्रिज
रुपन्देहीमा आर्थिक वर्ष ०७४-७५ मा दुई अर्ब आठ करोड ८१ लाख ३२ हजार रुपैयाँ फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । यो कुल बजेटको करिब १० प्रतिशत हो ।

गत आर्थिक वर्षको कुल २१ अर्ब ८२ करोड १० लाख ७३ हजारमध्ये १९ अर्ब ७३ करोड २९ लाख ४१ हजार रुपैयाँ खर्च भएको छ । विनियोजित बजेटमध्ये चालुतर्फ ९३.७० प्रतिशत र पुँजीगततर्फ ८४.८१ प्रतिशत रकम खर्च भएको हो।

पुँजीगततर्फको कुल आठ अर्ब दुई करोड ९६ लाखमध्ये ६ अर्ब ८१ करोड एक लाख रुपैयाँ खर्च भएको छ । चालुतर्फ १३ अर्ब ७९ करोड १४ लाखमध्ये १२ अर्ब ९२ करोड २८ लाख रुपैयाँ खर्च भएको छ ।

धेरै रकम फ्रिज हुने कार्यालयमा किसानका लागि उन्नत बिउबिजन, डिभिजन सडक, भैरहवा लुम्बिनी तौलिहवा सडक, ग्रामीण यातायात सुदृढीकरण कार्यक्रम, बुटवल सभाहल तथा प्रदर्शनी निर्माण केन्द्र, लुम्बिनी परिक्रमा सडक, भैलुभुज, सिँचाइ विकास डिभिजन, खानेपानी जस्ता कार्यालय अगाडि छन्।

 ग्रामीण यातायातको ६५ प्रतितश, भैरहवा लुम्बिनी तौलिहवा सडकको ६१ प्रतिशत, लुम्बिनी परिक्रमा सडकको ५१ प्रतिशत, किसानका लागि उन्नत बिउबिजनको ३० प्रतिशत, बुटवल सभाहलको ४७ प्रतिशत, भैलुभुजको २९ प्रतिशत बजेट फ्रिज भएको छ।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad