coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

एक महिनामा ६५ हजार पर्यटक

काठमाडौं - सन् २०१८ को छैठौं महिना जुनमा ६५ हजार पर्यटकले नेपाल भ्रमण गरेका छन् । सबै पर्यटक हवाई मार्ग हुँदै यहाँ आएका हुन् । ‘अफ सिजन’ मा पनि पर्यटक आशालाग्दो हिसाबमा बढेका छन्।

अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले मंगलबार जनाएअनुसार गत जुनमा ६५ हजार १ सय ५९ विदेशी पर्यटक नेपाल आएका थिए । यो भनेको २०१७ जुनको दाँजोमा १६ दशमलव ४ प्रतिशतले बढी हो । गत वर्ष जुनमा ५५ हजार ९ सय ५६ पर्यटकले नेपाल आइपुगेका थिए।

नेपालको पर्यटन उद्योगमा पर्यटक आगमनको प्रमुख याम (हाइ सिजन)का रूपमा अक्टोबर आधा महिना, नोभेम्बर, फेब्रुअरी, मार्च र अप्रिललाई लिइन्छ । यसै गरी डिसेम्बर, जनवरी र सेप्टेम्बरको पहिलो दुई सातासम्मलाई लो सिजन तथा मे, जुन, जुलाई र अगस्टलाई अफ सिजन मानिन्छ।

यो वर्ष पाँचौं महिना मेमा हवाई मार्ग हुँदै ६८ हजार ८ सय २५ पर्यटक नेपाल भ्रमणमा आएका छन् । यो संख्या गत वर्ष मेको भन्दा ९ दशमलव ६ प्रतिशतले धेरै हो । २०१७ मेमा ६२ हजार ७ सय ७३ पर्यटक नेपाल घुम्न आएका थिए । मे महिनालाई नेपाली पर्यटन उद्योगमा ‘अफ सिजन’ का रूपमा लिइन्छ।  

जुनमा सार्क राष्ट्रबाट २८ दशमलव १ प्रतिशतले बढेका थिए । संख्या २६ हजार ५ सय ७३ पुगेको छ । भारतबाट १८ दशमलव ८ प्रतिशतले बढेर २३ हजार ८ सय ९९ आएका थिए । एसियाबाट २३ दशमवल ६ प्रतिशतको स’धार रेकर्ड गरिएको छ । अर्को प्रमुख बजार चीनबाट ३४ दशमलव १ प्रतिशतले पर्यटक वृद्धि भएर ८ हजार ७ सय आएका छन् । त्यस्तै सिंगापुर, थाइल्यान्ड, मलेसिया र जापानबाट बढे पनि दक्षिण कोरिया र ताइपेईबाट भने घटेका छन्।

युरोपबाट भने ९ दशमलव ६ प्रतिशतको सामान्य स’धार रेकर्ड गरिएको छ । संख्या ७ हजार ५ सय ७३ पुगेको छ । गत वर्ष ज’नमा ६ हजार ९ सय १२ आएका थिए । य’रोपका अस्ट्रिया, बेल्जियम, चेक गणतन्त्र, डेनमार्क, जर्मनी, इटाली, पोल्यान्ड, रुस, स्पेन, स्वीडेन र बेलायतबाट पर्यटक बढेका छन् भने फ्रान्स, नेदरल्यान्ड, र नर्वेबाट भने पर्यटक घटेका छन् ।त्यसैगरी अर्को प्रमुख बजार अ‍ेमरिकाबाट १५ दशमलव ३ प्रतिशतको आशातीत  सुधार रेकर्ड गरिएको छ । गत जुनमा ७ हजार २ सय ८४ अमेरिकीले नेपाल भ्रमण गरेका थिए । गत वर्ष ज’नमा भने ६ हजार ३ सय १७ आएका थिए।

पर्यटन बोर्डका अनुसार यो वर्ष पहिलो ६ महिनाभित्र हवाई मार्ग हुँदै ५ लाख २० हजार १४ पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो गत वर्ष पहिलो ६ महिनाको दाँजोमा १३ प्रतिशतले बढी हो । गएको पाँच महिनामा ४ लाख ५४ हजार ८ सय ५५ पर्यटक नेपाल आएका थिए।

प्रकाशित: २ श्रावण २०७५ ०१:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App