२०२२ को विश्वकपका लागि कतारले माग्यो नेपाली सुरक्षा गार्ड

मङ्गलबार, ०१ साउन २०७५, २१ : ४५ नागरिक

काठमाडौं– सन् २०२२ को विश्वकप फुटबल आयोजक कतारले नेपाल सरकार समक्ष नेपाली सुरक्षा गार्ड माग गरेको छ।

मंगलबार कतारका राजदूत युसुफ बिन मोहम्मदले गृहमन्त्री राम बहादुर थापासँग मन्त्रालयमा भेट गरी नेपाली सुरक्षा गार्डको प्रस्ताव गरेका हुन्। तथ्यांकअनुसार हाल पाँच लाख बढी नेपाली रोजगारीका लागि कतारमा छन्।  

सन् २०२२ मा विश्वकप फुटबलको आयोजना गर्न गइरहेको सन्दर्भमा सुरक्षा गार्डमा ठुलो संख्यामा नेपालीलाई लैजान कतार इच्छुक रहेको जानकारी गराउँदै राजदूत माेहम्मदले त्यसका लागि आवश्यक परे छुट्टै सम्झौता गर्नपनि आफूहरु तयार रहेको बताए।

जवाफमा गृहमन्त्री थापाले यसबारे छलफल गर्न नेपाल तयार रहेको बताएका थिए। उनले कतारले नेपालीहरुलाई रोजगार दिएकोमा धन्यवाद दिँदै त्यहाँ कार्यरत नेपाली कामदारको सेवा, सुविधा तथा सुरक्षाका विषयमा राजदतसँग चासो राखेका थिए। सुरक्षा र अन्य क्षेमा समेत दुई देशबीच सहकार्यका लागि उनले आग्रह समेत गरे।

जवाफमा राजदूत मोहम्मदले नेपाली कामदारको सेवा र सुरक्षामा कतार गम्भीर रहेको जानकारी गराउँदै नेपाल र कतार कुटनीतिक सम्बन्ध यो वर्ष ४० वर्ष पुगेको र सो अवसरमा गृहमन्त्री थापालाई कतार भ्रमणका लागि आग्रह गरेका थिए।

भेटमा नेपाल–कतार द्धिपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा छलफल भएको थियो।

बेलायती राजदूतसँग पनि भेट

गृहमन्त्री थापासँग मंगलबारै बेलायत राजदूत रिचार्ड मोरिसले भेट गरेका छन्। गृहमन्त्रालयमा भएको भेटमा नेपाल–बेलायत द्धिपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा छलफल भएको थियो।

भेटमा गृहमन्त्री थापाले नेपालको विविध क्षेत्रको विकासमा बेलायतले गर्दै आएको सहयोग प्रति धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोगले निरन्तरता पाउने विश्वाँस व्यक्त गरे। थापाले बेलायती सेनामा कार्यरत नेपालीहरुका केही समस्या रहेको सुनिएको भन्दै सो बारे चाँसो व्यक्त गरेका थिए।

राजदूत मोरिसले नेपाल–बेलायत सम्बन्धको चर्चा गर्दै नेपालले तिव्रतर रुपमा विकास गरोस भन्ने आफुहरुको चाहना रहेको बताए। उनले नेपालमा बेलायती लगानी भित्र्याउन आफूले सक्दो पहल गर्ने समेत बताए।

राजदूत मोरिसे विपद् व्यवस्थापन, सुरक्षा निकायको तामिल र उपकरण लगायतका क्षेत्रमा गृह मन्त्रालयसँग समन्वय गरेर काम गर्न आफुहरु तयार रहेको बताए। 

भेटमा पछिल्लो समय गृह मन्त्रालयले सुरु गरेको राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाको नियमनका विषयमा समेत छलफल भएको थियो।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

लन्च भयो वाइफाईको नयाँ स्तर - वाइफाई ६

लन्च भयो वाइफाईको नयाँ स्तर - वाइफाई ६

वाइफाई ६ को मुख्य उदेश्य नै भिडभाड भएको ठाउँमा राम्रोसँग वाइफाई चल्ने बनाउनु हो ! ...

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

Ncell Footer Ad