६ वैशाख २०८१ बिहीबार
समाज

मोटरसाइकल चोर्ने दुई गिरोह पक्राउ

कपिलवस्तु– कपिलवस्तुको तौलिहवामा मोटरसाइकल चोरी गर्ने छुट्टाछुट्टै २ गिरोह पक्राउ परेका छन्। मोटरसाइकल चोर्ने गिराहलाई प्रहरीले निगरानी बढाएपछि पक्राउ गरेको जनाएको छ।

चोर गिरोहका कपिलवस्तु नगपालिका– २ का रामबहादुर खटिक, साहबुद्दीन मुसलमान, वडा नम्बर ३ का मोहोम्मद मुकीम मुसलमान, वडा नम्बर ६ का अब्दुल हमित मुसलमानलाई प्रहरीले बिशेष सुराकीका आधारमा पक्रेको हो। यी चार जना लामो समयदेखि मोटरसाइकल चोरीमा संलग्न रहँदै आएका थिए। उनीहरुले चोरी गरको एक स्पीन्डर प्रो प्रहरीले फेला पारेको छ। स्पीन्डर प्रो गत असार २९ गते सुद्धोदन गाउँपालिका ३ बाट चोरी भएको थियो। लु २२ प ७७५८ नम्बरको सो मोटरसाइकल महेन्द्र यादवको रहेको प्रहरीले जनाएको छ। 

यस्तै, कपिलवस्तु नगरपालिका– १ नयाटोलमा मोटरसाइकल चोरीमा संलग्न अर्का दुई जना समेत पक्राउ परेका छन्। तौलिहवाका विकास श्रीवास्वत र लुम्बिनी सांस्कृतिक नगरपालिकाक – ८ का रहमान मुसलमान पक्राउ परेको प्रहरीले जनाएको छ। उनीहरुबाट लु १४ प ६२५२ तथा नम्बर प्लेट नखुलेको २ वटा स्कुटी समेत बरामद गरिएको छ।

दुबैलाई अदालतबाट ५ दिनको म्याद थपी कारवाही प्रक्रिया अघि बढाइएको प्रहरी नायब उपरीक्षक रवी रावलले बताए। प्रहरी उपरीक्षक रावलले मोटरसाइकल चोरीको घटना बढेपछि चोरहरुलाई पक्रन बिशेष निगरानी र अभियान नै चलाइएको बताए। 

प्रकाशित: १ श्रावण २०७५ १४:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App