राँको बाल्दै जुम्लावासीले भने- डा. केसीको माग पुरा गर्न सरकारको चेत खुलोस

मङ्गलबार, ०१ साउन २०७५, १९ : २६ देबेन्द्र बस्नेत/डिबी बुढा

जुम्ला– १८ दिनदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको सघन उपचार कक्षमा अनशनरत प्राध्यापक डा. गोविन्द केसीको पक्षमा गठित संयुक्त संघर्ष समितिका संयोजक राजबहादुर महत साउने संक्रान्तिका बेला जुम्लीका घरघरमा आगोको राँको बाल्ने तयारी भइरहँदा सदरमुकाम खलंगाको बालमन्दिर नजिकै विधिवत रुपमा राँको बाल्दै थिए। यहाँका अगुवा नागरिकलाई भेला गरेर व्राह्मण बोलाएर डा. केसीको जीवन रक्षा गर्न र माग संवोधनका लागि सरकारको चेतना खुलोस भन्ने कामना गरे।

उनले भने, सरकारको दम्भ यो राँकोले हटाओस्, मेडिकल माफियालाई गलाओस र डा. केसीको जीवन रक्षामा सरकारको ध्यान जावस भन्ने कामना गरेका छौं, सामूहिक रुपमा गरिएको यो प्राथनाले सरकार गलोस, डा. केसीको माग पुरा गर्ने सद्बुद्धि पलाओस।

नेपालका प्राचीन संस्कृतिअनुरुप साउन १ गते साँझ घर घरमा लुतो फाल्ने प्रचलन छ। सरकारमा डा. केसीप्रति देखिएको नकरात्मक सोच अन्त्य गर्न राँको बालेको नागरिक समाज जुम्लाका सचिव सरोज शाहीले बताए। उनले भने, गुण्डागर्दी, भ्रष्टाचारी मौलाउँदा सरकार मौन भएर बस्छ, जनताको स्वास्थ्यको पक्षमा वकालत गर्ने डा. केसी मार्न चाहन्छन, त्यो सरकारी रवैयाको अन्त्य गर्न यो संक्रान्तिले सहयोग पुर्याउने छ।  

परम्पराअनुसार काग भलायो, कुकुरडाइनो, लुतेझार, पानीसरो, रातपातेजस्ता औषधीय गुण बोकेका वनस्पतिका साथै कागती, निबुवा, अम्बा, अनार, नासपाती आदि फलफूलसहित कण्डारक नामक राक्षसको पूजा गरी घरको चारैतिर बलिरहेको अगुल्टो फ्याँक्ने गरिन्छ। डा. केसीको मागमा वर्तनमा ओली सरकार राक्षस सावित छ, उनले भने, यो दानवीय व्यवहार अन्त्य गरेर मानविय व्यवहार पलाउने अपेक्षासहित राँको बालिएको छ।  

लुतो फ्याँक्दा नाङ्लो ठटाउने, शंख फुक्ने, घण्टा बजाउने, ढिँकी कुट्ने र एकछिन घरको ढोका बन्द गर्ने चलन छ। सरकारसंग भएको दम्भ र मपाईत्व अन्त्यका लागि जुम्लावासीले प्राथना गरेका हुन्।

पछिल्ला समयमा लुतो फ्याँक्ने प्रचलन हराउँदै गएपनि केही धार्मिकस्थलमा सामाजिक रुपमै लुतो फ्याँक्ने संस्कृृति मनाउने गरिएको छ। सौर्यमानअनुसार सूर्य दक्षिणतर्फ सरी कर्कटरेखा माथि जाने भएकाले साउने सङ्क्रान्तिलाई कर्कट सङ्क्रान्ति भन्ने गरिन्छ।  जुम्लामा यो संक्रान्तिमा एक आपसमा छिमेकीबीच गाली गरे रोग हट्ने विश्वास छ। जुम्लावासीले पनि राँको बाल्दै डा. गोविन्द केसीको माग पुरा गर्न, डा. केसीको जीवन रक्षा गर्न दबाब दिएका हुन्। 

‘संस्कार अनुसार सरकारलाई नालायक सरकार मुर्दाबाद, वार्ताका माध्यमवाट स्वास्थ्यका विकृति हटाउन सहयोग गर, केपी सरकार बहिस्कार लगायतका नारा लगाउँदै सरकार माथि जुम्ली खनिएका हुन्। कृषिप्रधान देशमा ‘मानो खाई मुरी उब्जाउने’ प्रचलित कथनअनुसार असार महिनाभर गरिएको खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी यस दिन भोज खाने गर्छन्। 

असारभर गरिने खेतीपातीका क्रममा हिलोका कारण फैलिन सक्ने छालाको रोग बाट मुक्ति पाउन साउने सङ्क्रान्तिका दिन साँझ लुतो, दाद आदि रोगबाट मुक्ति पाउन लुतो फाल्ने प्रचलन छ।  








यसमा तपाईको मत

अन्य समाचार

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया बैंक र लोक सेवा आयोगबीच राजस्व संकलनसम्बन्धी सम्झौता भएको छ । ...

Ncell Footer Ad