८ वैशाख २०८१ शनिबार
राजनीति

माइतीघरमा विवेकशील साझाको प्रदर्शन (फोटो फिचर)

काठमाडौं– सरकारले ल्याएको चिकित्सा शिक्षा विधेयक र निषेधित क्षेत्र घोषणाविरुद्ध विवेकशील साझा पार्टीले माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। मंगलबार संयोजक उज्जवल आचार्यको नेतृत्वमा विवेकशील साझाका नेता कार्यकर्ताले प्लेकार्ड र नाराबाजीसहित प्रदर्शन गरेका हुन्।

उनीहरुले ‘लोकतन्त्रको सम्मान गर, निषेधित आज्ञा क्षेत्र फिर्ता गर। नेकपाको सत्ता, चिकित्सा ऐन वेपत्ता। माफियामुखी ऐन चाँहिदैन। भोकै बस्ने कसैलाई रहर हुँदैन। गुणस्तरीय र निःशुल्क शिक्षामा सबैको सहज पहुँचको सुनिश्चित गर। म रैती होइन, सार्वभौम नागरिक हुँ। सबै नेपालीको गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा पाउने नैसर्गिक अधिकारको सुनिश्चितता गर’ भन्ने नारासहित प्रदर्शन गरेका हुन्। 

चिकित्सा शिक्षा विधेयकको विरोधमा डा गोविन्द केसी १८ दिनदेखि जुम्लामा अनशनरत छन्।  

प्रकाशित: १ श्रावण २०७५ १३:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App