६ वैशाख २०८१ बिहीबार
खेल

फुटबल मन पर्दैन मेस्सीपुत्रलाई

बार्सिलाेना-र्जेन्टिनी स्टार स्ट्राइकर लियोनल मेस्सीका छोरालाई फुटबल मन पर्दैन । मेस्सी विश्वकै उत्कृष्ट फुटबलर भए पनि उनका तीन वर्षका छोरा थिएगो मेस्सीलाई भने फुटबल मन पर्दैन । मेस्सीले एक अन्तर्वार्ताका क्रममा छोरा थिएगोले फुटबलमा चासो नदिने गरेको बताएका हुन् । धेरैले मेस्सी र रोनाल्डोका छोरा पनि फुटबलर हुने र उनीहरूबीच  पनि प्रतिस्पर्धा हुने अनुमान गरेका छन् । 

तर, मेस्सीले भने आफ्ना तीनवर्षे छोरालाई फुटबल नै मन नपर्ने भन्दै उसलाई फुटबलर बनाउन बाध्य नपार्ने स्पष्ट पारेका छन् । ‘म यो स्तरमा रहे पनि उसलाई फुटबल त्यति मन नपर्ने गरेको मैले महसुस गरिहेको छु,’ मेस्सीले भने, ‘मैले उसलाई फुटबल किन्न वा त्यसप्रति चासो दिन बाध्य पार्ने गरेको पनि छैन ।’

रोनाल्डोका पाँचवर्षे छोराले भने फुटबलमा चासो दिने गरेको समाचार यसअघि नै सार्वजनिक भएको थियो । रोनाल्डोका छोराले हजुरआमासँग मेस्सीको बारेमा सोध्ने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा यसअघि खबर सार्वजनिक भएको थियो ।

शुक्रबारबाट

प्रकाशित: २४ भाद्र २०७३ ०६:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App