मोबाइल हराएमा ‘मेरो सुरक्षा’ले दिन्छ नयाँ मोबाइल

मङ्गलबार, ०१ साउन २०७५, १८ : २४ नागरिक

काठमाडौं– मोबाइल हराउने वा विभिन्न कारणले बिग्रिने समस्याले चिन्तित हुनुहुन्छ ? अब ढक्क हनहोस, चिन्ता लिनुपर्देन, तपाईको मोबाइलको रक्षा ‘मेरो सुरक्षा’ले गर्ने भएको छ। नेपालमै पहिलो पटक सञ्चालनमा आएको मोबाइल प्रोटेक्शन प्लानले मोबाइलका प्रयोगकर्ताको हैरानीको अन्त्य गर्ने भएको छ। 

मेरो सुरक्षा प्रालिले स्मार्टफोनको सुरक्षाको लागि ‘मेरो सुरक्षा स्मार्टफोनको गर्छ रक्षा’ नामक योजना सुरु गरेको छ। मेरो सुरक्षाका अनुसार जुनसुकै स्मार्टफोन ड्यामेज भएमा, हराएमा वा चोरी भएमा मोबाइलका प्रयोगकर्ताले प्रोटेक्शन प्लान अन्तर्गत नयाँ मोबाइल पाउने छन्। साथै कम्पनीले हराएको सम्पूर्ण डाटा रीकभर गरी प्रयोगकर्तालाई नयाँ मोबाइल सेट उपलब्ध गराई टेन्सन मुक्त जीवनमा सहयोग गर्नेछ। 

कुनै कारणले मोबाइल चर्किएमा, आगो वा पानीले भौत्तिक रुपमा नोक्सान पुगेमा, मेरो सुरक्षाको योजना अनुसार प्रयोगकर्ताले सबै डाटासहित मर्मत सम्भार तथा नयाँ मोबाइल पाउने मेरो सुरक्षाका प्रमुख कार्यकारी अधिकृत प्रेम सुनुवारले बताए। 

‘अहिलेको आधुनिक युगमा स्मार्टफोन अनिवार्य बनिसकेको छ। व्यस्त दैनिकीमा स्मार्टफोन जुनसुकै कारणले पनि ड्यामेज हुनसक्छ, हराउन सक्छ। जसले गर्दा प्रयोगकर्तालाई डाटाका साथै ठूलो नोक्सान हुनसक्छ। यसलाई ध्यानमा राखेर मेरो सुरक्षाले मोबाइल प्रोटेक्शन प्लान सुरु गरेको हो’, मेरो सुरक्षाका प्रमुख कार्यकारी अधिकृत प्रेम सुनवारले भने।

यो सेवा पाउनका लागि भने सेवाग्राहीले आफ्नो मोबाइल भ्यालुको ५ प्रतिशत रकम वार्षिक रुपमा मेरो सुरक्षालाई भुक्तान गर्नुपर्ने हुन्छ। प्रयोगकर्ताले गुगल प्लेस्टोर तथा एप्पलको एप स्टोरबाट मेरो सुरक्षा नामको मोबाइल एप इन्स्टल गरी प्रोटेक्सन प्लान एक्टिभेट गर्नु पर्ने हुन्छ। प्लान एक्टिभेट गर्दा खल्ती, आई पेका साथै १५ वटा वाणिज्य बैंक र डोर टू डोर अप्सनबाट रकम भुक्तानी गर्न सकिने मेरो सुरक्षाले जनाएको छ। 

यसरी प्लान एक्टिभेट गरेका मोबाइल प्रयोगकर्ताको मोबाइल हराएमा वा बिग्रिएको दाबी गरेको ७ दिनभित्र अर्को नयाँ मोबाइल पाउने छन्। यो सेवा मोबाइल पसलहरुबाट पनि लिन सकिने मेरो सुरक्षाले जनाएको छ।

 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

आइएमईमा डबलको डबलको डबल अफर

आइएमईमा डबलको डबलको डबल अफर

सेवाग्राहीद्वय सोमर तामाङ्ग र विशाल नगरकोटी दसैँमा आइएमईको डबलको डबलको डबल अफर अन्तर्गत पहिलो महिनाको विजेता घोषित भएका छन् ।

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंकले मोरङको जिल्लाको विराटनगर–०१, पुष्पलालचोकमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन विराटनगर नगरपालिकाका नगर प्रमुख भिम पराजुलीले...

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्ट्स लिमिटेडले हिन्दुहरुकोे महान पर्व तिहारको अवसर पारेर सम्पूर्ण ग्राहकहरुलाई दिपावलीको शुभकामना व्यक्त गर्दै “यो तिहार शिवमको"  साथमा, चाँदीको...

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालन सुरु गरेपछि क्रमिक रुपमा आम्दानी हुँदै गयो । खर्च कटाएर एक वर्षमा रु तीन लाख जति आम्दानी भएपछि यतिखेर...

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मकवानपुरको मनहरीमा प्रदेश नं ३ सरकारले दुई अर्ब रुपैयाँ लगानीमा कागज उद्योग स्थापना गर्ने भएको छ । ...

सुनको मूल्य सय रुपैयाँ घट्यो

सुनको मूल्य सय रुपैयाँ घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ७० हजार ६ सय रुपैयाँ कायम भएको छ । ...

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयर प्रालिले खरिद गरेको नयाँ हेलिकप्टरले व्यावसायिक उडान सुरु गरेको छ । ...

Ncell Footer Ad