७ वैशाख २०८१ शुक्रबार
समाज

साउन १ देखि सशस्त्र प्रहरी संघीय संरचनामा (कार्ययोजना सहित)

काठमाडौं- सशस्त्र प्रहरी बलले आफ्नो संगठनलाई संघीय संरचनामा लगेको छ। हालको संरचनालाई समयानुकूल पुनरावलोकन तथा परिमार्जन गर्दै संगठनलाई पुनःसंरचना गरी अझ प्रभावकारी एवं समयसापेक्ष बनाउने भन्दै सशस्त्रले १ साउनदेखि लागू हुने गरी संघीय कार्ययोजना अन्तर्गत  पुनःसंरचना गरेको हो। यो संरचना अन्तर्गत अब सशस्त्र प्रहरीको उपस्थिति ७७ वटै जिल्लामा हुने छ।

‘प्रहरी बल नेपालको नयाँ संरचनासम्बन्धी संक्षिप्त जानकारी एवं नयाँ संरचना कार्यान्वयनसम्बन्धी विस्तृत कार्ययोजना’ ले तयार पारेको प्रतिवेदनअनुसार संघीय संरचना १ साउनदेखि लागू हुने सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डिआइजी) बाबुराम पाण्डेले बताए। उनका अनुसार सबै जिल्लामा सशस्त्र प्रहरीको उपस्थिति हुनेछ।

सशस्त्र मुख्यालयले मातहत निकायलाई आवश्यक तयारीका लागि ५ असारमै परिपत्र गरेको थियो। सशस्त्र प्रहरी बलका एआइजी नारायणबाबु थापासहितको एक समितिले तयार पारेको सांगठनिक पुनःसंरचनासम्बन्धी प्रतिवेदन सरकारले जेठ २७ मा पास गरेको थियो। सो प्रतिवेदनअनुसार सशस्त्र प्रहरी बल नेपालको सांगठनिक पुनःसंरचना गरी नयाँ संरचना कायम गर्न विद्यमान दरबन्दीमा हेरफेर, केही कार्यालयको स्तर वृद्धि तथा सबै जिल्लामा सशस्त्र प्रहरी बलको उपस्थिति रहने गरी एकाइ स्थापना जस्ता विषय समेटिएका छन्। भौतिक संरचना निर्माण अर्धसैन्य बललाई आवश्यक पर्ने सबै प्रकारका अत्याधुनिक हातहतियारसमेत आवश्यक रहेको प्रतिवेदनमा समेटिएको छ।

संरचना कार्यान्वयनसम्बन्धी विस्तृत कार्ययोजना

 

प्रकाशित: १ श्रावण २०७५ १२:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App