coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

दुई/चार महिनामै समृद्धि हासिल गर्न सकिंदैन, धैर्य गर्नुस् : प्रम ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले देशलाई सही बाटोमा हिडाउन खोजेको बताएका छन्। नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा मंगलबार पार्टीका नेता, कार्यकर्ता र सर्वसाधरणसँग भेटघाट गर्दै प्रधानमन्त्री ओलीले सुशासन ल्याउने  प्रतिवद्धताबाट आफू बिचलित नहुने बताए। 

“संविधान, नियम, कानुन र विधी अनुसार सरकारले काम गर्छ” प्रधानमन्त्री ओलीले भने, “जसले जे माग राख्यो त्यो पुरा गर्न, कसैले थर्काउदा थर्किने वा दबाबमा परेर निर्णय हुँदैन।” प्रधानमन्त्री ओलीले आफ्नो सरकारको उद्देश्य अन्य सरकारका भन्दा फरक रहेको र यसले देशलाई थितीमा हिडाउन चाहेको बताए। 

जनताले सरकारलाई सुम्पिएको अभिभारा पूरा गर्नेमा कुनै सन्देह नभएको उनको भनाई छ। “सरकारले जनताका आकांक्षा पुरा गर्छ भन्ने बुझेका विरोधीहरुले, सामाजिक न्याय हुन नदिनेहरुले सरकारका विरुद्ध अफवाह फैलाएका छन्” ओलीले भने, “पार्टीका नेता कार्यकर्ता र सर्वसाधरणले यस्ता कुराको प्रतिवाद गर्नुपर्छ।” 

दुई–चार महिना मै समृद्धि हासिल गर्न नसकिने भएकोले धैर्य गर्न उनले आग्रह गरे। “चुनाव भन्दा अघिको सरकारले देशमा जथाभावी गरेकोले त्यसलाई सही ठाउँमा ल्याउन पनि समय लागेको छ” ओलीले भने, “निर्वाचन आचार संहिता लागेपछि जथाभावी नियुक्ति, निर्वाचन परिणाम आएको तीन महिनासम्म सत्ता हस्तान्तरण नगरेर काँग्रेसले विधी विधान विपरीत गर्यो।”

प्रकाशित: १ श्रावण २०७५ ११:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App