तरुण दलमा समानान्तर समिति गठन गर्दै महाधिवेशन बहिष्कार गर्ने चेतावनी

शुक्रबार, २४ भदौ २०७३, १२ : १५ नागरिक

काठमाडौं–नेपाल तरुण दलका एक चौथाई केन्द्रीय सदस्यले समानान्तर समिति गठन गर्ने चेतावनी दिएका छन्। शुक्रबार रिपोर्टर्स क्लब नेपालमा असन्तुष्ट पक्षले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै विधान समिति संयोजक मोदिनी सिटौलाले तमाम तरुणहरूको उर्जाशिल विचार, संगठनको भावनामाथि संस्थापन पक्ष र तरुणदलको अवैधानिक नेतृत्वले जथाभावी रुपमा कुल्चन खोजेको आरोप लगाए।

उनले भने, ‘विभिन्न जिल्लाको विवाद समाधान नगरी महाधिवेशन हुन्छ भन्ने कसैले सोचेको छ भने केवल कोरा कल्पना हो।’ उनले निर्देशन समिति र केन्द्रीय समितिलाई यो बेला आँखा खोल्ने हिम्मत गर्न चेतावनी दिएका छन्।

कार्यक्रमका सभापति एव्म केन्द्रीय समितिको तर्फबाट नेतृत्व गरिरहेका रमेश प्रसाद खरेलले विधिसम्वत महाधिवेशन गर्नुपर्ने उल्लेख गर्दै भने, ‘यदि हाम्रा मागलाई वेवास्ता गरियो भने देश भर समानान्तर समिति गठन गरेरै भएपनि चुनावी मैदानमा उभिनेछौं।’

असन्तुष्ट पक्षले अघि सारेको मागहरुमा कतिपय जिल्लामा एक पक्षीय ढंगबाट विवादस्पद काम कार्वाही गरे गराएकोमा उक्त कार्य तत्काल बन्द गर्नुपर्ने, महाधिवेशनबाट कुनै पनि जिल्ला बञ्चित गर्न नपाइने, तत्काल जिल्ला अधिवेशन गरी महाधिवेशन प्रतिनिधिको नामावली केन्द्रीय कार्य समितिको बैठकबाट अनुमोदन गरी महाधिवेशनको मिति र स्थान तय गर्नुपर्ने, संगठनको विधान पनि संशोधन गरी महाधिवेशन पहिले नै संघीय संरचना विधान निर्माण गर्नु पर्ने लगायत समावेश गरिएको छ।

उनीहरुले आफूहरुले अघि सारेका मागहरु बेवास्ता गर्दै बहुमत वा समूहका नाममा जवरजस्ती वा एकलौटी ढंगले अगाडि बढेमा यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सम्बन्धित पक्षले लिनुपर्ने चेतावनी दिएका छन्। त्यस्तै उनीहरुले आवश्यक परेमा देशभरी समानान्तर समिति गठन गरी महाधिवेशन बहिष्कार गर्ने परिस्थिति समेत सिर्जना हुने चेतावनी दिएका छन्।

 








यसमा तपाईको मत

अन्य समाचार

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया बैंक र लोक सेवा आयोगबीच राजस्व संकलनसम्बन्धी सम्झौता भएको छ । ...

Ncell Footer Ad