coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

भुटानमा १३औं सार्क मेला

थिम्पु (भुटान)-दक्षिण एसियाली राष्ट्रबीच व्यापार प्रवद्र्धनगर्ने उद्देश्यका साथ१३औं सार्क व्यापार मेला भुटानको राजधानीथिम्पुमा सुरु भएको छ ।सार्क देशबीचव्यापार प्रवद्र्धन गर्ने उद्देश्यले हरेक वर्ष हुने व्यापार मेलायसपालि भुटानमा भएको हो ।

बिहीबार भुटानका अर्थमन्त्रीलिम्पो लेक्की दोर्जेले उद्घाटन गरेको मेलामा नेपालसहित भुटान, भारत र बंगलादेशको सहभागिताछ । सहभागी देशहरूले स्वदेशीउत्पादन प्रवद्र्धन गर्न स्टल राखेका छन् । व्यापार मेलाभदौ २७गतेसम्मचल्ने छ ।मेलामा ४ देशबाट ह्यन्डिक्राफ्ट, चाँदीका सामान, उनीचलैँचा, लत्ताकपडा, दैनिकप्रयोग तथाभान्साका सामग्रीलगायतआफ्नो देशको परिचयदिनेसामानका स्टल राखिएको छ ।

व्यापार मेलाले सार्क देशबीचको व्यापार व्यवसायलाई प्रवद्र्धन गर्ने 

मेलामा १ देशबाट २ सय ५० स्टल रहेको आयोजकले जानकारी गराएका छन् । मेलाअवलोकनकर्तालाई सुविधाको लागि १७ वटा फुड स्टल पनि राखिएको छ । मेलामा नेपालकातर्फबाट ६८ कम्पनीका ८२ स्टल छन् । नेपालकातर्फबाट धातुकामूर्ति, चाँदीका गरगहना, पूजा सामग्री, तामा, पित्तलका भाँडाकुँडा, तयारीपोसाक, उनी गलैंचा, काष्ठकला, वनस्पतितथा कृषजन्य सामग्रीलगायतअन्य हस्तकला जन्य सामग्री राखिएका छन् ।

ललितपुर उद्योग वाणिज्य संघ र व्यापार तथानिकासी प्रवद्र्धन केन्द्रको समन्वयमा नेपालकाव्यवासयीले मेलामा सहभागिताजनाएका छन् ।
भुटानका अर्थमन्त्रीले नेपाली सञ्चारकर्मीसँग कुरा गर्दै नेपालर भुटानबीच व्यापार विस्तारको प्रचूर सम्भावना रहेको बताए । उनले नेपालसँगव्यापार व्यवसायको राम्रो सम्भावनाहुँदाहँुदै पनिव्यापार सन्धिहुननसकेको बताए । भुटान र नेपालबीच सन् ९० को दशकदेखि नै दुईपक्षीयव्यापार सन्धिगर्ने भनिएपनि नेपालमाभइरहेको राजनीतिकअस्थिरताले गर्दा अहिलेसम्महुननसकेको बताए । ‘हामीव्यापार सन्धिगर्न तयार छौं,’ पत्रकारसँग उनले भने, ‘राजनीतिकअस्थिरता र छिटोछिटो परिवर्तन भइरहने सरकारकाकारण व्यापार सन्धिहुन सकेको छैन ।’

उनले भुटानको धेरै व्यापार भारत, नेपाल र बंगलादेशसँगहँुदैआएको भन्दै नेपालसँगव्यापार, व्यावसाय बढाउन चाहेको बताए ।भारत र बंगलादेशमा सजिलो तरिकाले खुलाव्यापार हँुदै आएको र यस्तै प्रकारको व्यापार नेपालसँगगर्न चाहेको समेत उनले बताए ।
कार्यक्रमलाई सम्बोधनगर्दै उनले दक्षिण एसियाली देशमाव्यापार व्यवसायको ठूलो सम्भावना रहेको बताए । सार्क देशभित्र ढुवानी खर्च धेरै, पूर्वाधारको

कमी जस्ता समस्याले व्यवसायमाउल्लेख्य प्रगतिहुननसकेको बताए ।

मेलाउद्घाटन समारोहलाई सम्बोधनगर्दै नेपालकातर्फबाट वाणिज्य विभागकामहानिर्देशकशम्भु कोइरालाले सार्क देशबीचको व्यापार मेलाले व्यवसायमात्रनभएर यस क्षेत्रको सांस्कृतिकआदानप्रदानमा सहयोग पुग्ने बताए । ‘सार्क देशबीचहुने व्यापार मेलाले यस क्षेत्रमाव्यवसायमात्र बढाउँदैन । यसले देशहरूबीच सांस्कृतिकतथा सामाजिक सम्बन्ध बढाउन पनि सहयोग गर्छ,’ उनले भने ।

ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष सविनश्रेष्ठले भुटानमा हुने मेला नेपालको लागिव्यापार गर्ने मौकाभएको बताए । अरु बेलाखासै व्यापार नहुने भएकाले मेलायसको माध्यमभएको बताए । ‘नेपालको धेरै उत्पादनलाई भुटानीहरुले मन पराउनुहुन्छ,’ श्रेष्ठले भने, ‘भुटान नेपालको लागि ट्रेड डेस्टिनेसन बन्न सक्छ ।’

शुक्रबार नेपालको पर्यटन विकासकालागि सांस्कृतिककार्यक्रमका साथै बिटुबी मिटिङ गर्ने तयारी छ । नेपाल डेमा भुटानका राजनीतिक वृत्तकामन्त्री, नेतालगायतउच्चस्तरका सरकारी कर्मचारी, व्यापारीएवं लब्ध प्रतिष्ठित व्यक्ति सहभागी हुँदैछन् ।

नेपाल भुटानबीच सन् १९८३ देखि नै व्यावसायिकसम्बन्ध स्थापनाभएको थियो । लामो समयसम्मव्यावसायिकसम्बन्धभएपनिअहिलेसम्मदुई देशबीचव्यापार सन्धिहुन सकेको छैन । औपचारिक रुपमाव्यापार सन्धिनभएपनि हरेक वर्ष ललितपुर उद्योग वाणिज्य संघको पहलमा नेपाल–भुटान व्यापार मेलाहुँदै आएको छ । पोहोर थिम्पुमाभएको नेपाल–भुटान व्यापार मेलामा नेपालले ८ करोड रुपैयाँको व्यापार गरेको संघले जनाएको छ ।

नेपालले भुटानमा खासगरी मूर्ति, कपडा, गार्मेन्ट, जंक फुड, जुत्ताचप्पलनिर्यात गर्छ भने भुटानबाट नेपालमाजिप्सम, कोइला, खनिजजन्यपदार्थ निर्यात हुन्छ ।
भुटानलेजलविद्युतउत्पादनमाउल्लेख्यप्रगति गरेको छ । साथै, देशकाविभिन्न ठाउँमा विशेष आर्थिक क्षेत्र, औद्योगिकपार्क निर्माण समेत भइरहेको अर्थमन्त्रीले जानकारी गराए । १४औं सार्क व्यापार मेला काठमाडौंमाहुने तय भएको छ ।

 

प्रकाशित: २४ भाद्र २०७३ ०५:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App