coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको निधन

धरान- धरान उपमहानगरपालिका मेयर तारा सुब्बाको मंगलबार दिउँसो निधन भएको छ। ग्रान्डी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो।

उनलाई निमोनियाको इन्फेक्सन भएको थियो। ५२ वर्षिय सुब्बा मृगौलाको समस्याबाट समेत पीडित थिए। उनको दुवै मृगौला फेलियर भएपछि प्रत्यारोपण गरिएको थियो। सुब्बा दुई सातादेखि उपचाररत थिए। उनलाई आइसियूमा राखेर उपचार गरिएको थियो। धरान १७ निवासी सुब्बाका श्रीमती र छोरा छन्। उनी तत्कालिन नेकपा एमालेको तर्फबाट मेयरमा विजयी भएका थिए।

प्रकाशित: १ श्रावण २०७५ ०८:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App